Nuwakot Darbar

Posted By Mero Report on December 21, 2018 09:32 AM

दरबारको दुर्दशाः भूकम्पको सिकारमा परेको नुवाकोटको ऐतिहासिक साततले दरबार टेकोको भरमा । दुईवर्षअघि नै यसको पुनःनिर्माण हुने भनिएतापनि साढे तीन वर्षदेखि यो दरबार धराप अवस्थामा यसैगरि टेकोको भरमा उभिरहेको छ । नेपाल एकिकरणको अभियानको क्रममा नुवाकोट विजयपछि वि.सं. १८१९ मा नौ तले दरबारको निर्माण गरेका थिए । तर, १९९० सालको भूकम्पका बेला भत्किएपछि ७ तलामा सिमित बनेको हो । चीनको सहयोगमा आगामी चैतबाट यसको पुनःनिर्माण थालिने पुनःनिर्माण प्राधिकरणका सिइयोसहितको टोली आज दरबार क्षेत्रमै पुगेर घोषणा गरेको छ । - तस्विरःजमुना गजुरेल नुवाकोट, पुस ५ गते