Public Service Delivery Photos 2018

Posted By Mero Report on October 10, 2018 10:18 AM

ललितपुर महानगरपालिका कार्यालयमा सेवा लिँदै सेवाग्राहीहरु । सेवा लिनका लागि सेवाग्राहीहरु अझै पनि घण्टौ लाइन बस्नुपर्ने अवस्था छ । - तस्बिरः सीता न्यौपाने, ललितपुर
जिल्ला अस्पताल तम्घासमा रहेको क्षयरोग क्लिनिक । - तस्बिरः अम्बिका आचार्य, गुल्मी
सोही औषधि सेवन गर्दा शरीरमा असर गरेको भन्दै फिर्ता गर्न आएका बिरामी नवीन पौडेल । - तस्बिरः अम्बिका आचार्य, गुल्मी
जिल्ला क्षयरोग निवारण केन्द्र गुल्मीद्वारा क्षयरोगका बिरामीका लागि वितरण गरिएको म्याद गुज्रेको औषधि । - तस्बिरः अम्बिका आचार्य, गुल्मी
दोलखाको कालिञ्चोक गाउँपालिका–८ का ज्येष्ठ नागरिक ७६ बर्षीय प्रेमबहादुर आचार्य खत्री भूकम्पपीडितले पाउने सरकारी अनुदान ३ लाख रुपैयाँको लागि गाउँपालिका र वडा कार्यालयमा ५÷७ पटक धाउँदा पनि उहाँको गुनासो सम्बोधन भने भएन । तस्बिरः बिमला बुढाथोकी, दोलखा
जनप्रतिनिधिहरुले घरघरमै गएर सामाजिक सरक्षा भत्ता वितरण गर्न थालेपछि कैलालीको जानकी गाउँपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई भत्ता लिन सहज भएको छ । तस्बिरः छमीका चौधरी, कैलाली
हावाहुरीले उडाएको घरको क्षतिपूर्ति दिने सम्बन्धमा कैलालीको टिकापुर नगरपालिका वडा नं. १ को वडा कार्यालयले निकालेको सूचना पढ्दै सेवाग्राहीहरु । तस्बिरः छमीका चौधरी, कैलाली
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मछेट्टीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा नाम दर्ता गर्दै बिरामी तथा स्थानीय बासिन्दा । तस्बिर : दुर्गा उपाध्याय
जीर्ण भवनका कारण रोल्पाको ह्याङ त्रिवेनी गाउँपालिका–२ स्थित नुवागाउँमा रहको जनता आधारभूत विद्यालयका विद्यार्थीलाई पठनपाठनमा कठिनाई हुदै आएको छ । तस्बिरः गीताकुमारी वली, रोल्पा
नुवाकोटको विदुर नगरपालिका–१ स्थित इन्द्रायणी चौरमा रेहको विस्थापितहरुको शिविरमा आफ्नो आर्थिक आयआर्जनको लागि झोला बुन्दै एक महिला । यस शिविरमा नुवाकोट र रसुवाबाट भूकम्पको कारण विस्थापित भएकाहरु बस्दै आएका छन् । तस्बिरः जमुना गजुरेल, नुवाकोट
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका–९ मा भूकम्प प्रभावित व्यक्तिहरुलाई उनीहरुका घरमा पालिएका घरपालुवा जनावरको लागि औषधी वितरण गरिदै । तलः सिन्धुपाल्चोकको बलेफी गाँउपालिका–१ जलविरेस्थित आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थी आफ्ना आभिभावकले भूकम्पमा भत्केको विद्यालयको भवनको इटा सफा गरेको हेर्दै । तस्बिरः कमला पाख्रिन, सिन्धुपाल्चोक
डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका–४ स्थित एक स्वास्थ्य संस्थामा उपचार लिदै एक बिरामी । तस्बिरः मालती कठायत, डोटी
सिल्धुलीको गोलन्जोर गाउँपालिका–६ सितलपाटी स्थित श्री चण्डेश्री निम्न माध्यमिक विद्यालय, चैनपुरका विद्यार्थी विद्यालयमा बालमैत्री धारा नहँुदा समस्यामा । तस्बिरः कमल सरला सुनुवार, सिन्धुली
सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं ६ स्थित कार्यालयबाट अरु २ ओटा वडा कार्यालयहरुसमेत सञ्चालन हुँदा वार्ड कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कार्यालयहरुको सेवा लिन धेरै टाढा भएको गुनासो गदै आएका छन् । तस्बिरः कमल सरला सुनुवार, सिन्धुली
डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिका गाङ्खेतस्थित एक स्वास्थ्य संस्थामा विद्यार्थीलाई निःशुल्क उपचार गरिदै । तस्बिरः ममता भट्ट, डडेल्धुरा
पाल्पा जिल्लाको रामपुर नगरपालिकाको राजश्व शाखामा मालपोत दाखिला गर्न आएका एक सेवाग्राही । तस्बिरः माया ढकाल, पाल्पा
वर्षातको पानीले घर भत्काएर घरवारविहिन भएका पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं १ का टोपबहादुर विक नगरपालिकाले प्रदान गरेको राहत रकम बुझ्दै । तस्बिरः माया ढकाल, पाल्पा
अपाङ्गता परिचयपत्र लिन पाल्पा जिल्लाको रामपुर नगरपालिका कार्यालय आएका वडा नं ३ का दिदीबहिनीहरू लक्ष्मी घर्ती र सुधा घर्ती । तस्बिरः माया ढकाल, पाल्पा
प्यूठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा स्वास्थ्य चौकीबाट सञ्चालित गर्भवती तथा सुत्केरी प्रोत्साहन कार्यक्रमबाट प्रोत्साहन भत्ता लिदै स्थानीय गर्भवती महिला । प्रोत्साहनमा २ ओटा अण्डा, एक प्याकेट नुन, एक पोका तेल, एउटा नुहाउने साबुन र एक प्याकेट सरफसहित स्वास्थ्य तथा सरसफाईसम्बन्धी सल्लाह पनि प्रदान गरिन्छ । तस्बिरः शिव रेग्मी, प्यूठान
धादिङ जिल्लाका जोखिमयुक्त बस्तीमा रहेका भूकम्प प्रभावितहरुलाई सुरक्षित स्थानमा घर बनाउँनका लागि जग्गा खरिद गर्न बढीमा २ लाख रुपैँया उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गर्दै लाभग्राही । तस्बिरःसृजना खनाल, धादिङ
ललितपुर महानगरपालिका कार्यालय अगाडि थुप्रिएको फोहरको डङ्गुर । जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष बितिसक्दा पनि महानगरमा फोहरको उचित व्यवस्थापन हुन सकेको छैन । तस्बिरः सिता न्यौपाने, ललितपुर
नेपालगञ्ज उप–महानगरपालिकाका सरसफाइकर्ताहरु बिहानै नगरको फोहर संकलन गर्दै । तस्बिरः रजनी योगी, बाँके
रुकुमको मुसिकोट नगरपालिका–२ स्थित महाकाली माध्यमिक विद्यालयमा गतसाल कक्षाकोठा अभावका कारण विद्यार्थीहरु बर्षाको समयमा पनि रुखको छहारीमुनी पढ्न बाध्य थिए । यसपाली भने भवन बनेपछि पढ्न सहज भएको छ । तस्बिरः सिर्जना शर्मा, रुकुम