मेरोरिर्पोटमा जुलाईमा घोषित कृषिसम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ जुलाईमा कृषिसम्बन्धी ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा १७ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा ३२ वटा ब्लग पठाएर लेखनमा सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नुपर्ने भएकाले तपाईँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • बिमला बुढाथोकी, दोलखा
  • जगतदल जनाला बिक, सुर्खेत
  • संगिता तामाङ, रसुवा

विजयी साथीहरुलाई धेरै धेरै बधाई ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

बिमला बुढाथोकी, दोलखा

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुकी स्थायी बासिन्दा बिमला बुढाथोकी दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिघ्याङमा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेगाहर्जमा विगत ६ बर्षदेखि समाचार संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ विगत ४ बर्षदेखि स्थानीयस्तरमा पत्रकारिता क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ पारस्परिक जवाफदेहिता परियोजनामा इक्वल एक्सेस अन्र्तगत दोलखा जिल्लाका लागि सामुदायिक सञ्चारकर्मीका रुपमा विगत ४ वर्षदेखि काम गर्दै आउनुभएको छ ।

 

जगतदल जनला बिक, सुर्खेत

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–६ निवासी जगतदल जनाला बिकले विगतमा रेडियो डाँडादरा एफएम पञ्चपुरीमा समाचार प्रमुखको रूपमा, साझा बिसौनी दैनिक सुर्खेतमा रिपोर्टर र हाम्रो अखबारमा रिपोर्टरको रुपमा काम गर्नु भएको छ। हाल वँहा सुर्खेत विरेन्द्रनगरबाट शिक्षापत्र राष्टिय साप्ताहिकको कर्णाली रिपोर्टर हुनुहुन्छ । उहाँसँग विगत तीन वर्षदेखि स्थानीय पत्रपत्रिका र रेडियोमा पत्रकारिता गर्नुका साथ सामाजिक संघसस्थामा काम गरेको अनुभव छ । उहाँले इक्वल एक्सेस अन्तर्गत सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–२ मा रेडियो श्रोता समुहको सहजकर्ताका रुपमा डेढ वर्ष काम गर्नुभएको छ भने सामुदायिक अनुसन्धानकर्ताका रुपमा पनि एक वर्ष काम गर्नु भएको छ।

 

संगिता तामाङ, रसुवा

नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–२ की स्थायी बासिन्दा संगिता तामाङ रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्याउबारीमा सञ्चालित रेडियो लाङटाङ एफएम ९० थोप्लो ३ मेघाहर्जमा विगत २ वर्षदेखि कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ विगत २ वर्षदेखि स्थानीयस्तरमा पत्रकारिता क्षेत्रमा पनि सक्रिय हुनुहन्छ । उहाँ पारस्परिक जवाफदेहिता परियोजनामा इक्वल एक्सेस अन्तर्गत रसुवा जिल्लाका लागि सामुदायिक सञ्चारकर्मीका रुपमा विगत दुई वर्षदेखि काम गर्दै आउनुभएको छ ।