खोज पत्रकारिता तालिमको लागि निवेदन आव्हान

पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत सुशासन प्रवर्द्धनका निम्ति खोज पत्रकारिता गर्न, तालिममा सहभागी हुनको लागि निवेदन आव्हान गरिएको छ । यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा fhi360 ले इक्वल एक्सेससंग मिलेर देशका विभिन्न ३४ वटा जिल्लाहरुमा संचालन गरिरहेको छ ।

पारस्परिक जवाफदेहिता कार्यक्रमको मुख्य उदेश्य भनेको जनहितका सवालहरुमा सहयोग पुर्‍याउनेगरी नागरिक समाजसंस्था र आमसंचारमाध्यमले प्रभावकारी भुमिका खेल्नु भन्ने नै हो ।कार्यक्रम सञ्चालित जिल्लाहरुमा रहेर सार्वजनिक श्रोतको प्रयोग र सार्वजनिक सेवा  प्रवाहमा निगरानी राख्दै पत्रकारिता गरिरहेकाले आवेदन दिन सक्नेछन् । आवेदकहरु मध्येवाट छनौट भएका ४५ जनाले नेपालगञ्ज र काठमाण्डौमा हुने खोज पत्रकारिता सम्बन्धी तालिममा सहभागी हुने अवसर पाउनेछन् । उल्लेखित जिल्लामा कार्यरत पत्रकारहरुलाई आवेदन दिन आग्रह गरिन्छ ।

काठमाण्डौको तालिम: काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, ओखलढुंगा, रामेछाप, सिन्धुली, मकवानपुर, दोलखा, रसुवा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट र धादिङ ।

नेपालगञ्जको तालिम: बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम, दैलेख, सुर्खेत, बर्दिया, बाँके, जाजरकोट, सल्यान, रुकुम, दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी र कपिलवस्तु ।

आवेदकले आवेदनको लागि निम्न डकुमेन्टहरु पेश गर्नु पर्नेछ ।

  • आफ्नो बैयक्तिक विवरण (बायोडाटा)
  • निवेदन फारम
  • आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि वा विपद जोखिम न्युनिकरण मध्ये कुनै एकमा ५०० शब्दको एक लेख ।

आवश्यक डकुमेन्टहरु पुरा नभएमा छनौट चरणमा समावेश गरिनेछैन । आवश्यक डकुमेन्टहरु  npjadmin@equalaccess.org  ५ मार्च २०१८ तद्अनुसार २०७४ साल फागुन २१ गते सोमबार भित्रमा पठाइसक्नुपर्नेछ । तालिममा सहभागी हुनका लागि तोकिएको विस्तृत जानकारी र निवेदन फारम यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

Scope-of-Work-IJ-Training

Application-Form