धेरै जसो सोधिने प्रश्नहरु (FAQs)
१. मेरोरिपोर्ट भनेको के हो ?
मेरोरिपोर्ट दुइ शब्द "मेरो" र "रिपोर्ट" बाट बनेको हो जसको अर्थ आफ्नै रिपोर्ट भन्ने बुझिन्छ । यो नागरिक पत्रकार र ब्लग्गर्सहरुलाई एकै ठाउँमा ल्याउने थलो हो । यो लाखौँ प्रयोगकर्ता बीच समाचार, बिचार र दृस्टिकोण आदान प्रदान गर्ने स्थल हो ।
२. मेरोरिपोर्टमा क-कसले योगदान दिन सक्छन ?
सामान्य नागरिक, विद्यार्थी, व्यवसायी, प्राबिधिक, अप्राबिधिक पेशाकर्मी, सञ्चारकर्मी, पत्रकार र ब्लगर्सहरु जसले पनि मेरोरिपोर्टमा योगदान दिन सक्छन ।
३. मेरोरिपोर्टमा के गर्न सकिन्छ
मेरोरिपोर्टमा सदस्य भइसकेपछि तपाईले त्यहाँभित्र आफ्नो छुट्टै पाना (Profile Page) पाउनु हुनेछ, जहाँ तपाईले:
- कुनै पनि बिषयका समाचार, रिपोर्ट, लेख ब्लगको रुपमा पोष्ट गर्न,
- कुनैपनि सामाजिक सवाल वा विषयमा छलफल शुरु गर्न,
- कुनैपनि सवालसंग सम्बन्धित फोटो, भिडियोहरु अपलोड गर्न,
- साथीहरूसँग अलग्गै समुह (Group Create) बनाई छलफल गर्न,
- नागरिक समाजको भुमिका र दायित्व बारे आफ्नो समुदायमा हुन लागेको वा भएको गतिविधिको प्रचार गर्न,
- सामाजिक संजाल (फेसबुक र ट्वीटर)मा जस्तै मेरोरिपोर्टमा आफ्नो Status Update गर्न र उक्त स्टाटसलाइ आफ्नो फेसबुक वा ट्वीटरमा पनि लिंक Share गर्न,
- नेपालमा नागरिक समाजसंस्था, आमसंचारमाध्यम र सार्वजनिक सरकारी निकायको पारस्परिक जवाफदेहितासंग सम्बन्धीत सुचना तथा समाचारहरु बारे जानकारी पाउन ।
- नागरिक समाजसंस्था, आमसंचारमाध्यम र सार्वजनिक सरकारी निकायको पारस्परिक जवाफदेहितासंग सम्बन्धीत सुचना तथा समाचारहरु संग्रह गरेर राख्न ।
- र मेरोरिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएकोले अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि मेरोरिपोर्टमा आवद्ध हुन सकिन्छ ।
यो बाहेक मेरो रिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएका छन् । अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि सकिनेछ ।
४. मेरोरिपोर्टको सामग्री कसले निर्धारण गर्ने ?
तपाईंहरुले । तपाईंहरुले जे लेख्नुहुन्छ त्यो नै मेरोरिपोर्टमा "मेरोरिपोर्ट" भएर आउँछ । तपाईंहरु आफ्नो समाचार, बिचार प्रस्तुत गर्न स्वतन्त्र हुनुहुन्छ । कुनै पनि सामाग्री प्रस्तुत गर्नु भन्दा पहिले "प्रयोगको शर्त" हेर्न नबिर्सिनु होला ।
५. मेरोरिपोर्ट कसले सन्चालन गरेको छ?
मेरोरिपोर्ट इक्वेल एक्सेस संस्थाले सन्चालन गरेको छ । इक्वेल एक्सेस सन्चारको माध्यमबाट बिकास गर्ने संस्था हो । हामीसँग अर्को भगिनी अनलाईन समुदाय "मिडियामन्च" पनि छ जुन नेपालका सन्चारकर्मीहरुको साझा अनलाईन सामाजिक सन्जाल हो ।
६. मलाई कुनै सामाग्री प्रस्तुत गर्न मन नभएमा म अरु के गर्न सक्छु ?
यदी तपाईंलाई कुनै सामग्री प्रस्तुत गर्न मन नभएमा तपाईं समाचार,लेखहरुको समालोचना गर्न सक्नुहुन्छ । यस बाहेक तपाईं नयाँ साथी बनाउन सक्नुहुन्छ । तपाईंलाई अनुचित लागेका सामाग्री र टिप्पणीको बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ ।
७. के मैले प्रस्तुत गरेको सामाग्री वा टिप्पणी परिमार्जित गरिन्छ ?
तपाईंको समाचार,लेख र टिप्पणी परिमार्जित गरिदैन । यदि त्यस्तो सामाग्रीहरु जुन हाम्रो शर्त बिरुद्द छ भने त्यो प्रकाशित हुँदैन र प्रयोगकर्ता सधैको लागी हटाइन्छ ।
८. यो साइटको लागी स्तरिय भाषा के हो ?
नेपाली । तर तपाइँले अँग्रेजीमा पनि लेख्न सक्नुहुन्छ ।
९. मेरोरिपोर्टमा कसरी सम्पर्क गर्न सकिन्छ ?
जिज्ञाशाको समाधानका लागि meroreportnepal@gmail.com मा इमेल गर्न वा तलको ठेगानामा सम्पर्क गर्न सकिन्छः
इक्वेल एक्सेस, नेपाल
पोस्ट बोक्स्: ११८
झम्सिखेल, ललितपुर
नेपाल
फोन:
९७७-१-५५३९१३८