राम्रो ब्लग पोस्ट कसरी लेख्ने ?

१. आफ्नो बिचारलाई ब्यक्त गर्नुहोस । पाठकहरुले मानिसका आफ्ना भावना र बिचार पढ्न रुचाउँछन न कि कुनै समुह, पार्टी वा समुदायको बिचारहरु ।

 २. आफुले लेखेको पोस्टमा लिन्कहरु राख्नुहोस । सन्दर्भ स्रोत खुलाउनुहोस र त्यससँग उपायोगी हुने अरु लिन्कहरु पनि राख्नुहोस ।

 ३. सकेसम्म आफ्नो ब्लग छोटो मिठो बनाउनुहोस धेरै मा २५० शब्दमा अटाउने गरी लेख्नुहोस ताकी तपाईंको पाठकलाई पढ्नमा दिक्दारी नहोस ।

 ४. शीर्षकलाई आकर्षक बनाउनुहोस । शीर्षक सकेसम्म ८ शब्द जती लामो मात्र बनाउनुहोस ।

 ५. ब्लग पोस्ट लेख्दा एउटा अनुछेदमा बढीमा ३,४ वाक्य मात्र लेख्नुहोस । ब्लग पोस्टलाई आकर्षक बनाउने अर्को तरिका भनेको छोटो वाक्यहरु राख्नु हो ।

 ६. सकेसम्म हरफहरुमा उपशिर्षक राख्नुहोस जसले गर्दा पाठकलाई कुन हरफमा के छ भन्ने कुरा हेर्न सजिलो होस । यसो गर्दा तपाईंको ब्लग पोस्ट हेर्दा आकर्षक र पढ्दा सजिलो हुन्छ ।

 ७. आवश्यक परेमा बुदागत रुपमा लेख्नु होस । बुँदाहरुमा जहिले पनि मानिसको ध्यान पहिला जान्छ ।

 ८. जुन बिषयमा ब्लग पोस्ट लेख्नु हुन्छ त्यही बिषयसँग मिल्ने फोटो राख्नु होस । फोटोले ब्लग पोस्टलाई आकर्षक बनाउँछ र पाठकहरुको ध्यान आकर्षण गर्छ ।

 ९. ब्लग पोस्ट लेख्दा प्रत्येक वाक्यमा लेखिएका कुरा कन्सिस्टेन्ट हुनुपर्छ । त्यसैले ब्लगलाई कन्सिस्टेन्ट स्टाईलमा लेख्नुहोस । मुख्य मुख्य शब्द र वाक्यलाई हाईलाईट गर्नुहोस ।

 १०. आफुले लेखेपछी पुन: एक पटक त्यो ब्लग पोस्टलाई पढ्नुहोस र आफ्ना साथीभाइ जसलाई भएपनी एक पटक पढ्न लगाउनुहोस । यसो गर्नाले तपाईंको ब्लग पोस्टमा भएको गल्ती पत्ता लाग्छ ।

मेरोरिपोर्टमा ब्लगिङ गर्दा ध्यान दिनुपर्ने थप कुराः

  • यदि समाचार पोष्ट गर्दै हुनुहुन्छ भने 'news' ट्याग गर्न नबिर्सनुहोला ।
  • समाचारलाई सकेसम्म मानवीय रुचिका विषय जस्तै कुनै छोटो कुराकानी, चुट्किला वा घटनाबाट शुरु गर्नुभयो भने तपाईंको पोष्ट धेरै जनाले पढ्ने सम्भावना रहन्छ ।
  • शीर्षकहरु छोटा र आकर्षक बनाउनुस् । कुनै पनि कुरालाइृ शीर्षकमा नदोहोर्याउनुस् । शीर्षक लेख्दा के यो कुरा शीर्षकमै नलेखी नहुने महत्वपुर्ण कुरा हो ? भनेर एकचोटि घोत्लिनुस् ।
  • अनुच्छेदहरु २ वा ३ लाइनका मात्र बनाउनुस् । लामा अनुच्छेदले लेखलाइृ भद्दा देखाउँछ र पाठकमा पढ्ने इच्छा शक्ति पनि रहँदैन ।
  • आफ्ना् कुरालाई सकेसम्म छोटोमा राख्नुस् ।
  • आफ्ना पाठक बढाइराख्न अरुका ब्लगपोष्टहरु पनि पढेर प्रतिक्रिया दिने गर्नुस् । तपाईंले अरुको पोष्टमा जति प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईंको पोष्टले पनि प्रतिक्रिया र पाठक पाउने सम्भावना रहन्छ ।
  • पाठकहरुसित नियमित अन्तरक्रियामा रहनुस् र उनीहरुले दिएका प्रतिक्रियालाई खुला दिलले स्वागत गर्नुस् ।
  • तपाईं जति नियमित रुपमा लेख्नुहुन्छ, त्यति नै नियमित पाठक बन्नेछन् । पन्ध्र दिन वा एक महिनामा टप्कने व्यक्तिलाई अरुले त्यति ध्यान नदिन सक्दछन् ।
  • लेख्दै रहनुस् । कुनै लेख वा ब्लगपोष्टमा पाठक भएनन् वा प्रतिक्रिया आएनन् भनेर हतोत्साहित नहुनुस् । मेरोरिपोर्टका नियमित पाठक छन् र लेख्दै जाँदा तपाईंले तिनीहरुको मन जित्नुहुनेछ ।
  • आफ्ना पाठक बढाउनको लागि तपाइँले पनि महत्वपुर्ण भूमीका खेल्न सक्नुहुन्छ । त्यसको लागि आफ्नो पोष्टलाइ फेसबुक वा ट्वीटरमा Share गर्नुस् । वा तपाइंको पोष्टलाइ मेरोरिपोर्टको  फेसबुक र ट्वीटर अकाउन्टबाट पनि Share गरिने भएकोले हामीलाइ ट्वीटर वा फेसबुकमा पनि Follow गर्नुस् । ट्वीटरमा Follow गर्नको लागि @meroreport र  फेसबुकमा Follow गर्नको लागि http://www.facebook.com/meroreport मा गएर Like गर्नुस् । यी अकाउन्टबाट Share भएका लिङ्कहरुलाइ ट्वीटरमा Retweet र फेसबुकमा Share गर्नुस् । यसले गर्दा तपाइंको पोष्टका पाठकसंख्या धेरै गुणा बढ्ने सम्भावना   रहन्छ ।

थप जानकारीका लागि: 

ब्लग र ब्लगिङः शुरुवाती ब्लगरहरुलाई आधारभुत जानकारी

ट्वीटर कसरी प्रयोग गर्ने?

http://www.mintblogger.com/2008/02/how-to-write-good-blog-post.html

http://www.problogger.net/how-to-write-great-blog-content/

http://www.problogger.net/archives/2005/12/30/tens-tips-for-writing-a-blog-post/