मेरोरिर्पोटमा जनवरीमा घोषित कृषिसम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ जनवरीमा महिलासम्बन्धी ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । प्रतियोगितामा १६ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा ३१ वटा लेख तथा समाचार पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चहान्छौं । सहभागिताका लागि सबै साथीहरुप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा ब्लग सम्प्रेषण गर्नुहुने साथीहरु मध्येबाट हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले तपाईहरुले पोष्ट गर्नु भएका लेखका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक लेखलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • कल्पना बोहरा, अछाम
  • आशिष मल्ल, डडेल्धुरा
  • प्रेम विश्वकर्मा, बाँके

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

कल्पना बोहरा, अछाम

अछाम जिल्लाको मंगलसेन नगरपालिका–९ निवासी कल्पना बोहरा विगत २ वर्षदेखि इमेज टेलिभिजनको जिल्ला रिर्पोटरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ जिल्लाकै रेडियो जनप्रिय १०२.४ मेघाहर्जमा विगत ६ वर्षदेखि प्राविधिक रुपमा कार्यगर्दै समाचार वाचिका तथा रिर्पोटरको रुपमा पनि कार्यरत हुनुहुन्छ । उहाँ समाज रहेका विकृति, लैगिक विभेद, सामाजिक, आर्थिक रुपमा विपन्न समुदायको जीवनस्तरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउनु हुन्छ ।

 

प्रेम विश्वकर्मा, बाँके

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ स्थायी घरभई हाल बाँके जिल्ला बसोवास गर्दै आउनु हुने प्रेम विश्वकर्मा नेपालगञ्जस्थित रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका लागि विगत ३ वर्षदेखि समाचार निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिता आवद्ध रहेर काम गरेको राम्रो अनुभव रहेको छ । उहाँ ०६८ सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपले क्रियाशील रहदै आउनुुभएको छ ।

 

 

आशिष मल्ल, डडेल्धुरा

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी आशिष मल्ल विगत ३ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा संलग्नु रहदै आउनुभएको छ । उहाँ आफैले सञ्चालन गरेको अनलाईन समाचार पोर्टल इन्फोसमाचारको सम्पादक हुनुहुन्छ भने उहाँ रेडियो युनिटीमा विगत तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । इक्वेल एक्सेसबाट पैरवी, अनुगमन तथा निगरानीसम्बन्धी तालिमसमेत लिनु भएका पत्रकार मल्ल प्राइमटाइम टेलिभिजन, अनलाइनखबर डटकम तथा डडेल्धुरा पोष्ट दैनिकमा समेत आवद्ध रहनुभएको छ ।