मेरोरिर्पोटमा नोवेम्बर-डिसेम्बरमा घोषित महिला हिंसा सम्बन्धि ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ नोवेम्बर-डिसेम्बरमा स्थानीय तहमा महिला हिंसाको अवस्था र  न्युनिकरणका लागि भइरहेको प्रयास र कायम रहेको संरचनाको बारेमा ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा १९ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा ४७ वटा ब्लग पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले उहाँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • प्रेम विश्वकर्मा, बाँके
  • बिकास थापा, कपिलवस्तु
  • बिनोदसिंह बिष्ट, बैतडी

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

प्रेम विश्वकर्मा, बाँके

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ स्थायी घरभई हाल बाँके जिल्ला बसोवास गर्दै आउनु हुने प्रेम विश्वकर्मा नेपालगञ्जस्थित रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका लागि विगत ३ वर्षदेखि समाचार निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिता आवद्ध रहेर काम गरेको राम्रो अनुभव रहेको छ । उहाँ ०६८ सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपले क्रियाशील रहदै आउनुुभएको छ ।

छनौट भएको ब्लगको लिंक: https://meroreport.net/blog/b-b-l-alii-u-0

 

बिकास थापा, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा वडा नम्बर ५ भण्डा स्थायी बासिन्दा बिकास थापा बाणगंगा ४ मा रहेको कपिलवस्तु सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो बुद्ध आवाज ८९.६ मेगाहर्ज र टेलिभिजन बुद्ध आवाजमा समाचार सम्पादकको रुपमा विगत ५ बर्षदेखी कार्यरत हुनुहुन्छ । १५ बर्षीय उमेरबाट नै सञ्चार क्षेत्रमा पाईला टेकेको थापा पछिल्लो समय स्थानिय तहका बिषयबस्तु समेटीएका कार्यक्रम, अनि शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा केन्द्रित रहेर समाचार लेख्दै आउनुभएको छ । उहाँ पारस्परिक जवाफदेहिता परियोजनामा इक्वल एक्सेस अन्र्तगत कपिलवस्तु जिल्लाका लागि सामुदायिक सञ्चारकर्मीका रुपमा विगत ३ महिनादेखि काम गरी रहनुभएको छ । यस्तै इक्वल एक्सेस अन्र्तगत कार्यक्रम साथी सँग मनका कुराका प्रदेश ५ को सामुदायिक सञ्चारकर्मीको रुपमा पनि काम गरी रहनुभएको छ । यस्तै जिल्लाका राष्ट्रिय दैनिक पत्रिका बुद्ध दपर्णमा पनि काम गरी रहनुभएको छ । अहिले क्यूएए प्रमाणिकरणको नजिकै पुगेको सिद्धार्थ क्याम्पस बाणगंगा चारनम्बर बुङचीमा बिबिएस दोस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ ।

छनौट भएको ब्लगको लिंक: https://meroreport.net/blog/a-l-a-l-b-0

बिनोदसिंह बिष्ट, बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोट निवासी बिनोदसिंह बिष्ट राष्ट्रिय समाचार समिति (रासस)मा विगत ४ बर्षदेखि बैतडी जिल्ला समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ । साथै, उहाँ बैतडीस्थित रेडियो निंगलाशैनीमा पनि कार्यरत हुनुहुन्छ ।

वि.स.२०६६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार बिष्टसँग स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन तथा रेडियोमा एक दशक भन्दा लामो पत्रकारिता गरेको अनुभव छ । पत्रकार बिष्ट समाजमा रहेका विकृति, लैगिक विभेद, सामाजिक, आर्थिक रुपमा विपन्न समुदायको जीवनस्तरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउदै आउनु भएको छ ।

छनौट भएको ब्लगको लिंक: https://meroreport.net/blog/aa-ll-le-0