मेरोरिर्पोटमा सेप्टेम्बरमा घोषित सार्वजनिक सेवा प्रवाह सम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ सेप्टेम्बरमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा ७ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा १६ वटा ब्लग पठाएर लेखनमा सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नुपर्ने भएकाले तपाईँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • बिमला बुढाथोकी, दोलखा
  • बिनोदसिंह बिष्ट, बैतडी
  • प्रेम विश्वकर्मा, बाँके

विजयी साथीहरुलाई धेरै धेरै बधाई ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

बिमला बुढाथोकी, दोलखा

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुकी स्थायी बासिन्दा बिमला बुढाथोकी दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिघ्याङमा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेगाहर्जमा विगत ६ बर्षदेखि समाचार संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ विगत ४ बर्षदेखि स्थानीयस्तरमा पत्रकारिता क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ पारस्परिक जवाफदेहिता परियोजनामा इक्वल एक्सेस अन्र्तगत दोलखा जिल्लाका लागि सामुदायिक सञ्चारकर्मीका रुपमा विगत ४ वर्षदेखि काम गर्दै आउनुभएको छ ।

 

बिनोदसिंह बिष्ट, बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोट निवासी बिनोदसिंह बिष्ट राष्ट्रिय समाचार समिति (रासस)मा विगत ४ बर्षदेखि बैतडी जिल्ला समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ । साथै, उहाँ बैतडीस्थित रेडियो निंगलाशैनीमा पनि कार्यरत हुनुहुन्छ । वि.स.२०६६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार बिष्टसँग स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन तथा रेडियोमा एक दशक भन्दा लामो पत्रकारिता गरेको अनुभव छ । पत्रकार बिष्ट समाजमा रहेका विकृति, लैगिक विभेद, सामाजिक, आर्थिक रुपमा विपन्न समुदायको जीवनस्तरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउदै आउनु भएको छ ।

प्रेम विश्वकर्मा, बाँके

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ स्थायी घरभई हाल बाँके जिल्ला बसोवास गर्दै आउनु हुने प्रेम विश्वकर्मा नेपालगञ्जस्थित रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका लागि विगत ३ वर्षदेखि समाचार निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिता आवद्ध रहेर काम गरेको राम्रो अनुभव रहेको छ । उहाँ ०६८ सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपले क्रियाशील रहदै आउनुुभएको छ ।