हाम्रो बारेमा

मेरोरिपोर्ट (www.meroreport.net) नेपालमा नागरिक पत्रकारिता प्रवर्द्धन र पत्रकार तथा ब्लगरहरुबिच छलफल तथा बिचार आदानप्रदान गर्नका लागि स्थापित इन्टरनेट समुदाय (अनलाईन कम्युनिटी) हो । मेरोरिपोर्ट प्रयोगकर्ताबीच कुनै पनि सवालमा समाचार, बिचार र दृष्टिकोण आदानप्रदान गर्ने लोकतान्त्रिक साझा स्थल हो ।

मेरोरिपोर्टमा राखिएका कुनै पनि सामग्री पढ्न र हेर्न जोसुकैले सक्छ तर आफैले समाचार, बिचार, फोटो वा भिडियोहरु राख्नका लागि भने साइन अप (Sign Up) गरेर सदस्य बन्नुपर्दछ । साइन अप गर्नका लागि इमेल, फेसबुक वा ट्वीटर खोलेजस्तै सजिलो छ । त्यसपछि हरेकपटक साइन इन (Sign In)गरेर आफुले पोष्ट गर्न तथा अरुले पोष्ट गरेका सामग्री साझा (Share) गर्न, प्रतिक्रया दिन तथा छलफलमा सहभागी हुन सकिन्छ ।

मेरोरिपोर्टमा सदस्य भइसकेपछि तपाईले त्यहाँभित्र आफ्नो छुट्टै पाना (Profile Page) पाउनु हुनेछ, जहाँ तपाईले:

  • कुनै पनि बिषयका समाचार, रिपोर्ट, लेख ब्लगको रुपमा पोष्ट गर्न,
  • कुनैपनि सामाजिक सवाल वा विषयमा छलफल शुरु गर्न,
  • कुनैपनि सवालसंग सम्बन्धित फोटो, भिडियोहरु अपलोड गर्न,
  • साथीहरूसँग अलग्गै समुह (Group Create) बनाई छलफल गर्न,
  • नागरिक समाजको भुमिका र दायित्व बारे आफ्नो समुदायमा हुन लागेको वा भएको गतिविधिको प्रचार गर्न,
  • सामाजिक संजाल (फेसबुक र ट्वीटर)मा जस्तै मेरोरिपोर्टमा आफ्नो Status Update गर्न र उक्त स्टाटसलाइ आफ्नो फेसबुक वा ट्वीटरमा पनि लिंक Share गर्न,
  • नेपालमा नागरिक समाजसंस्था, आमसंचारमाध्यम र सार्वजनिक सरकारी निकायको पारस्परिक जवाफदेहितासंग सम्बन्धीत सुचना तथा समाचारहरु बारे जानकारी पाउन ।
  • नागरिक समाजसंस्था, आमसंचारमाध्यम र सार्वजनिक सरकारी निकायको पारस्परिक जवाफदेहितासंग सम्बन्धीत सुचना तथा समाचारहरु संग्रह गरेर राख्न ।
  • र मेरोरिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएकोले अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि मेरोरिपोर्टमा आवद्ध हुन सकिन्छ ।

यो बाहेक मेरो रिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएका छन् । अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि सकिनेछ ।

थप जिज्ञाशाको समाधानका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् अथवा meroreportnepal@gmail.com मा इमेल गर्नुहोस् ।