प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ अभियान (डिसेम्बर २०१८-अगष्ट २०१९)

‘प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ ’ अभियान के हो?

जवाफदेहिता र पारदर्शी समाजको स्थापनाका लागि सुचनाको हकमा सबैको पँहुच बढाउँदै, महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न, सार्वजनिक श्रोत तथा सेवाको पँहुचमा महिला, अपाङ्गता भएका ब्यक्तिहरु तथा सिमान्तकृत समुदायका नागरिकको सहभागिता सुनिश्चित गर्दै निगरानी गर्न सक्षम बनाउन र संघीय, प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई सार्वजनिक सेवा र श्रोतको वितरण प्रक्रियामा खबरदारी गर्दै सेवाग्राहीप्रति जिम्मेवार एवं जवाफदेही बनाउन र भ्रष्टाचार न्यूनिकरणमा सहयोग गर्न, युवाहरुको सहभागिता बढाउन सञ्चालन गरिएको अभियान नै ‘प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ’ अभियान हो । यो अभियान पारस्परिक जवाफदेहिता परियोजना संचालन भएसंगै सोही परियोजनामार्फत सन् २०१६ बाट सुरु भएको हो । यसअघि हरेक बर्ष ६/६ महिनामा अन्तरमा यो अभियानको विषयवस्तु परिवर्तन हुने गथ्र्यो । यस वर्ष (चौंथो वर्ष) भने यस अभियानको समयावधि ९ महिना निर्धारण गरिएको छ जुन विशेषगरी भ्रष्टाचार न्युनिकरणमा केन्द्रित रहनेछ ।

‘प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ’ अभियान किन र कसले गर्न सक्छ?

यो अभियान विशेषतः स्थानीय तहका युवा १५ देखि ३५ उमेर समुह रहेका युवा समुह, युवा सञ्जाल वा युवा क्लवका रुपमा नागरिक समाजका रुपमा गोलबद्ध भएका युवाद्वारा एकल तथा सामुहिक रुपमा र समुदायका यस विषयमा चासो राख्ने जो कोहि पनि सहभागी बन्न सक्नुहुन्छ । समाजमा सामाजिक न्यायको अनुभूति दिलाउन, नागरिकका हक अधिकार स्थापित गर्न, सरोकारवाला निकायलाई जवाफदेही बनाउन, कानुनी राज्यको स्थापना गर्न तथा गराउन, सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुलाई नैतिकवान, मर्यादित, कर्तव्यनिष्ठ तथा जवाफदेही बनाउन, स्थानीय तहका जनप्रतिनिधिलाई उत्तरदायी, जवाफदेही, पारदर्शी बनाई भ्रष्ट्राचार न्युनिकरणका लागि जोसुकै युवाले यस अभियानमा सहभागी भएर समाजप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्न सक्दछन् ।

प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ अभियानमा आएका सवालहरुलाई के गरिन्छ?

प्रविधिको उपयोग गर्दै रेडियो तथा रेडियो कार्यक्रम, फोन कल, एसएमएस सेवा तथा सामाजिक संजाल मार्फत प्राप्त भएका प्रश्न र जिज्ञासालाइ धारणापत्र बनाइ सम्बन्धीत स्थानीय तह, प्रादेशिक तथा संघीय सरकारका सरोकारवालाहरु तथा कानुन निर्मातासमक्ष पु¥याएर त्यस बारेमा उनीहरुबाट जवाफ खोजिनेछ । यसरी प्राप्त भएका जवाफहरुलाई संकलन गरी रेडियो कार्यक्रम ‘साझाबोली’ तथा ‘साथीसँग मनका कुरा’, सामाजिक संजाल तथा अन्य सुचनाप्रविधिको माध्यमबाट पुनः सरोकारवाला वर्गमा पु¥याइनेछ । साथै प्राप्त जवाफ तथा प्रतिक्रियाहरुलाई लिखित दस्तावेजको रुपमा समेत अभिलेखिकरण गरी सम्बन्धित निकाय समक्षलाई हस्तान्तरण गरिनेछ । आवश्यकता अनुसार सम्बन्धित सवालहरुमा स्थानीय तह, प्रादेशिक तह र केन्द्रमा सरोकारवाला र सम्बन्धीत प्रश्नकर्ताबिच गोलमेच बैठकको समेत आयोजना गरिनेछ ।

प्रश्न सोधौँ जवाफदेहिता खोजौँ अभियान अन्तर्गतको यस वर्षको सवाल, समय र सन्दर्भ : 

अभियानको मुल नारा : ‘मेरो पालिका मेरो चासो’

के मा चासो लिने ? : स्थानीय तहको बजेटमा ।

किन चासो लिने ? : वर्षेनी स्थानीय तहका लागि संघीयसरकारले बजेट छुट्टयाएको हुन्छ । संघीय सरकारले बजेट भाषणमार्फत छुट्टयाएको बजेट र स्थानीय तहको श्रोत साधन उपयोग गरे वापत उठेको रकमबाट हरेक वर्ष स्थानीय तहले योजना छनौट प्रक्रियामार्फत विभिन्न विषयमा बजेट छुट्टयाईन्छ । ती छुट्टयाईएको योजना कुन शिर्षकमा प¥यो, कहाँ खर्च हुदैछ, कसरी खर्च हुदैछ भन्ने कुराको नागरिकले चाँसो नराख्दा आफनै स्थानीय तहका लागि छुट्टिएका बजेट दुरुपयोग हुने, पारदर्शी ढंगले खर्च नहुने, चाहिने ठाउँमा खर्च नहुने गरेको पाईन्छ । त्यसैले स्थानीय तहका लागि आएको बजेटका बारेमा चासो राखी बजेटको हिनामिना हुन नदिन, स्थानीय तहलाई नागरिकप्रति जिम्मेवार, उत्तरदायी बनाउन, पारदर्शी ढंगले योजना कार्यान्वयन गराई स्थानीय तहमा हुने भ्रष्टाचार न्युनिकरण गर्न मद्दत पु¥याउन ।

अभियान संचालन अवधि: डिसेम्बर २०१८ देखि अगष्ट २०१९ तद्अनुसार २०७५ सालको मङिसर दोश्रो सातादेखि २०७६ सालको भाद्र दोश्रो सातासम्म ।

यो अभियान पुरै ९ महिनाभर नै संचालन हुन्छ ? : हो, यो अभियान पुरै छ महिनाभर संचालन हुन्छ तर अभियानलाई सुसुचित गर्ने, ज्ञान लिने र उत्प्रेरित भई उक्त कार्य गर्न अग्रसर गराउने यी मुख्य तीनवटा उद्देश्य सहित अभियान संचालन हुने ९ महिनालाई ६ चरणमा विभाजन गरिएको छ ।

यो अभियानमा भाग लिन के गर्नुपर्छ ?

यो अभियानमा सहभागी हुन

  • फोनमार्फत सहभागी हुन चाहनेले फोन नम्बर ९८०१५७१०२९(Ncell) र १६६००१००४५९ (NTC) मा कल गरेर आफ्ना कुरा भन्न सकिन्छ ।
  • एसएमएस मार्फत सहभागी हुन चाहनेले CS टाईप गरी ३७१७१ मा आफ्ना कुरा लेखेर पठाउनुपर्छ ।
  • सोसल मिडिया अर्थात फेसबुक पेजमार्फत सहभागी हुन चाहनेले Makhaandina को फेसबुक पेज, रेडियो कार्यक्रम साझाबोलीको फेसबुक पेज RadioSajhaBoli अथवा रेडियो कार्यक्रम साथीसंँग मनका कुराको फेसबुक पेज SSMKradio लाईक गरी त्यस मार्फत पनि आफ्ना कुरा भन्न सकिन्छ ।

धन्यवाद ।