सूचना / अवसर

 

अमेरिकी अन्तराष्ट्रिय विकास नियोगको आर्थिक सहयोग र FHI360 को साझेदारीमा नेपालका मध्य तथा सुदुर पश्चिम क्षेत्रका २० वटा जिल्ला तथा भुकम्प प्रभावित १४ वटा जिल्लामा सञ्चालित “पारस्परिक जवाफदेहिता कार्यक्रम” अन्तर्गत इक्वेल एक्सेसले सुशासन प्रवद्र्धनका लागि योगदान पु¥याउन इच्छुक नेपाली सञ्चारकर्मीहरुका लािग ५ दिने पैरवी, अनुगमन तथा निगरानीविषयक तालिमका लागि आवेदन आह्वान गर्दछ । इच्छुक आवेदकले आफ्नो वैयक्तिक विवरण, निवेदन र आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि वा विपद् जोखिम ब्यवस्थापन मध्ये कनै विषयमा देखेका भोगेका सवाल समेटेर ५०० शब्दको लेख मिति २०७५ जेष्ठ १६ गते तद्अनुसार ३० मे २०१८ बुधबार साँझ ५ः०० बजे सम्ममा यस संस्थाको इमेल eanepal@equalaccess.org मा पठाउन अनुरोध गर्दछ ।

आवेदनका लागि छनौट गरिएका जिल्लाहरु: बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम, दैलेख, सुर्खेत, बर्दिया, बाँके, जाजरकोट, सल्यान, रुकुम, दाङ, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्तु, काठमाण्डौ, भक्तपुर ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, ओखलढुंगा, धादिङ्ग, मकवानपुर, रसुवा र गोर्खा गरि परियोजना लागु भएका ३४ जिल्लाहरु ।

द्रष्टब्य : विस्तृत जानकारीका लागि http://equalaccess.org.np/announcement लिंकमा जानुहोला । जहाँ तालिममा सहभागी हुन चाहने ब्यक्तिका लागि तोकिएको विस्तृत जानकारी तथा निवेदन फारम उपलब्ध छ साथै यसलाई डाउनलोड पनि गर्न सकिन्छ ।

सम्पर्क फोन : ९८५१२२६५०५ , इमेल : eanepal@equalaccess.org

AMO Training Information_Download

AMO Application Form_Download