‘प्रश्न सोधौं, जवाफदेहिता खोजौं’

प्रश्न सोधौं,  जवाफदेहिता खोजौं’ अभियान के हो ?

जवाफदेहिता र पारदर्शी समाजको स्थापनाका लागि सुचनाको हकमा पहुँच, महिला र किशोरीका अधिकार सुनिश्चितता, सार्वजनिक श्रोत तथा सेवाको पहुँचमा महिला, अपाङ्गता तथा सिमान्तकृत वर्गको सहभागिता सुनिश्चितता र निगरानी गर्ने अनि केन्द्र, प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई सार्वजनिक सेवा र श्रोतको वितरण प्रक्रियामा खबरदारी तथा जवाफदेही बनाउन र भ्रष्टाचार न्यूनिकरणमा सहयोग गर्नको लागि युवाहरुको सहभागिता वृद्धि गर्न सञ्चालन गरिएको अभियान नै ‘प्रश्न सोधौं, जवाफदेहिता खोजौं’ अभियान हो ।

प्रश्न सोधौं जवाफदेहिता खोजौं ’ अभियान किन र कसले गर्न सक्छ ?

यो अभियान स्थानीय तहका युवा, युवा समुह, युवा सञ्जाल, युवाक्लवमा आवद्ध युवाद्वारा एकल तथा सामुहिक रुपमा र समुदायका यस विषयमा चासो राख्ने जो कोहि नागरिकले गर्न सकिने अभियान हो । आफ्नो समाजलाई सामाजिक न्याय दिन, नागरिकका हक अधिकार र जवाफदेहिताको सुनिश्चित गर्न,  सम्वृद्ध समाजको विकास गर्न  राज्यद्धारा प्रदत्त नियम कानुन र ऐनको सहि कार्यान्वयन गर्न गराउन सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुलाई नैतिकवान, मर्यादापालक र कर्तव्यनिष्ठ तथा जवाफदेही बनाउन कुनैपनि युवाले यस अभियानमा भाग लिएर आफ्नो समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न सक्छन् ।

प्रश्न सोधौं जवाफदेहिता खोजौं अभियानमा भाग लिन के गर्नुपर्छ ?

प्रश्न सोधौं जवाफदेहिता खोजौ अभियान अन्तर्गत व्यवस्था भएको निशुल्क नम्बर  ९८०२२११४१५ मा फोन गरि आफ्ना विचार, प्रतिकृया, सल्लाह-सुझाव वा क्रियाकलापहरु रेकर्ड गराउन सकिन्छ । यो नम्बरमा मिस्डकल गर्नुभयो भने केहिबेरमै तपाँईलाई आफै फोन आउँछ र उक्त फोन उठाएपछि आफ्ना कुरा भनेर रेकर्ड गराउन सकिन्छ । साथै एसएमएस मार्फत लेखेर आफ्ना कुरा भन्न चाहनेहरुका लागि CS टाईप गरी आफ्नो धारणा वा कुरा लेखेर ३७१७१ मा पठाउन सकिन्छ । यी दुबै नम्बरहरु निशुल्क भएकोले तपाँईको फोनको पैसा काटिँदैन ।  

प्रश्न सोधौं जवाफदेहिता खोजौं अभियानमा आएका सवालहरुलाई के गरिन्छ ?

माथि उल्लेखित फोन नम्बर तथा एसएमएस नम्बर मार्फत प्राप्त भएका प्रश्न र जिज्ञासालाई कार्यपत्र बनाइ सम्बन्धीत सार्वजनिक सेवाप्रदायक निकायका सरोकारवालाहरु तथा नितिनिर्माता समक्ष पुर्‍याएर त्यसका बारेमा उहाँहरुको सहि जवाफ खोजिनेछ र प्राप्त जवाफहरु संकलन गरि सम्बन्धित प्रश्नकर्ता सरोकारवाला सामु रेडियो कार्यक्रम ‘साझाबोली’ तथा ‘साथीसँग मनका कुरा’ मार्फत पुर्‍याइनेछ । साथै प्राप्त जवाफ तथा प्रतिक्रियाहरुलाई लिखित दस्ताबेजको रुपमा समेत अभिलेखिकरण गरिनेछ । आवश्यकता अनुसार सम्बन्धीत सवालहरु बारे स्थानीय तह, प्रदेश सभा र केन्द्रमा सरोकारवाला र सम्बन्धीत प्रश्नकर्ताबिच गोलमेच बैठकको समेत आयोजना गरिनेछ ।

त्यसैले आउनुहोस् माथि भनिएका सवालमा तपाईको समुदायमा देखेका, भोगेका समस्या र सवालहरुमा “प्रश्न सोधौं र जवाफदेहिता खोजौँ ।

निशुल्क फोन नम्बर  ९८०२२११४१५ मा मिस्डकल गर्न वा

निशुल्क एसएमएस नम्बर : CS टाईप गरि एउटा खाली ठाउँ छोडेर ३७१७१ मा आफ्नो कुरा लेखेर पठाउन सकिन्छ ।