ट्वीटर कसरी प्रयोग गर्ने?

ट्वीटर एउटा अन्लाईन सामाजिक सन्जाल हो जसलाई माइक्रो ब्लगिङ सेवा पनि भनिन्छ । तिमी के गरिरहेको छौ ? भन्ने प्रश्नमा १४० सम्मको अक्षरमा आफ्नो साथी वा फलोअरलाई लेख्न वा सन्देश पठाउन सकिन्छ र त्यसलाई नै Tweet भन्निछ । ट्वीटर २००६,  मार्च मा ज्याक डोर्सीले निर्माण गरेका हुन । निर्माण पछि  छिट्टै ट्वीटरले लोकप्रियता हासिल गर्‍यो। अहिले २०११ मा यसको प्रयोगकर्ता करिब २० करोड छन।  ट्वीटरमा दिनहुँ करिब २० करोड ट्वीट हुने गर्दछ र १६ खर्ब चोटी ट्वीटरको बारेमा इन्टर्नेटमा खोजी हुने गर्दछ ।   

ट्वीटरका फाइदाहरु:

  • साथीहरुसँग सम्पर्कमा रहन मद्दत गर्छ  
  • आफ्नो सन्देश वा सुचना छिट्टै प्रशारण गर्न मद्दत गर्दछ
  • अरुको सन्देशमा तत्काल रिप्लाई गर्न सकिन्छ 
  • यसको प्रयोग आफ्नो व्यवसायमा पनि गर्न सकिन्छ  : आफ्नो व्यवसायको पछील्लो सुचना पोस्ट गर्न सकिन्छ ,  ग्राहकहरुसँग निरन्तर सम्पर्कमा रहन सकिन्छ
  • यसले धेरै साथीहरु बनाउन मद्दत गर्छ
  • यसले नेट्वर्किङ बढाउँछ 

ट्वीटरको प्रयोग कसरी गर्ने ?

पहिले http://www.twitter.com मा गएर ट्वीटरको अकाउन्ट खोल्ने । दिइएका निर्देशन भरेर सजिलै  अकाउन्ट खोल्न सकिन्छ । त्यसपछि  login गरेर आफ्नो ट्वीटर एकाउन्टमा जाने । Settings मा click गर्ने । यहाँबाट आफ्नो अकाउन्टमा विस्त्रित विवरण राख्ने, फोटो राख्ने र अरु धेरै कार्यहरु गर्न सकिन्छ । 

त्यसपछि आफ्नो ट्वीटर पेजबाट Tweet गर्न सक्नुहुन्छ ।

आफ्नो बारेमा वा वरिपरि भइरहेका घटनाहरुलाई थोरै शव्द ९बढीमा १४० अक्षर०मा बाहिरी विश्वलाई जानकारी दिनुलाई ट्वीट गर्नु भनिन्छ ।

अरु ट्वीटर users लाई follow गर्ने: तपाईंले ट्वीट गरेको चिजलाई तपाईंका Followersले देख्न सक्छन् । यदि तपाईं आफ्ना Followers बढाउन चाहनुहुन्छ भने तपाईंका ट्वीट आकर्षक र सुरचिपुर्ण हुनुपर्छ । साथसाथै आफुले चाहेका साथीहरुलाई फलो गर्न पनि थाल्नुपर्दछ । आफ्नो साथीलाई search गरेर photo मुनि  भएको follow मा क्लिक गरेपछि त्यो साथीले गरेको ट्वीट तपाईंको प्रोफाइलमा पनि देखिन थाल्दछन् । त्यसले गर्दा सुचना आदानप्रदान गर्न सहज र सजिलो हुन्छ ।

@Replies and Direct Messages

जब तपाईं @username  गरेर Tweet गर्नुहुन्छ तब त्यो सन्देश त्यही व्यक्तिको लागि भन्ने बुझिन्छ । तर तपाईंको Tweet सबैले हेर्न मिल्छ ।

छोटा सुचनाहरु आदानप्रदान गर्न, समुहहरुमा छलफल गर्न र व्यापारिक तथा राजनीतिक उद्देश्यकालागि समेत ट्वीटरको व्यापक प्रयोग बढ्दै गैरहेको छ ।  ह्याप्पी ट्वीटिङ!!!

ट्वीटरबारे अरु जानकारीको लागी :

http://pistachioconsulting.com/figuring-out-twitter/

Hashtags: http://blog.tweetsmarter.com/category/hashtags/

http://blog.tweetsmarter.com/category/twitter-benefits/