Groups

नागरिक संघसंस्था समुह

 Public Group

प्रदेश प्रमूख र प्रदेश सरकारका मन्त्रीहरुको शपथ पछि पहिलो वाक्य नै “मेरो प्रदेश सबैभन्दा समृद्ध प्रदेश” बनाउँछु भनेर बोल्न भ्याए ।
समृद्ध कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि एक, दुई, तिन गरि भन्न पनि भ्याएका छन् । प्रदेश प्रमुख अथवा मन्त्रीहरुले भनेको “समृद्ध” भित्र जनताको पनि सहभागिता, चाहना, इच्छा के छ ? भन्ने कुराको खोजी अध्ययन अथवा बुझ्ने काम भएको पाइएन, जनताको तत्कालको आवश्यक्ता, चाहाना पूरा गर्न लाग्नु नै मेरो र हाम्रो प्रदेशको समृद्धी हो भनेको सुनिएन ।
मैले देखेको, मेलै भोगेको, मेरो क्षेत्रले भोगेको भनेर पहिलाका, आफ्नाले भनेका, बाहिर सतही रुपमा देखिएका विषयवस्तुलाई आधार मानेर त्यसैलाई अलिक...

आफ्नो गाउँठाउँमा भैरहेका स्थानिय तहका क्रियाकलापलाई अँझ बढी पारदर्शी र जवाफदेही बनाउन सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौरमा रेडियो श्रोता समुहको गठन गरिएको छ । स्थानिय विकास, सुशासन, पारदर्शिता र जवाफदेहिता सम्बन्धी छलफल हुने रेडियो कार्यक्रम साझाबोली र साथीसंग मनका कुरा समुहमा बसेर सुन्ने, छलफल गर्ने अनि प्राप्त सुचना अनुसार स्थानिय तहको जवाफदेहिता खोज्ने उदेश्यले रेडियो श्रोता समुहको गठन गरिएको हो । 

पारस्परिक जवाफदेहिता परियोजनाको स्थानिय साझेदार संस्था हरप्लेस सल्यानको सहजिकरणमा रेडियो श्रोता समुह गठन गरिएको हो । नागरिक समाज र सेवाप्रदायक सरकारी निकायबिचको पारस्परिक जवाफदेहितामा जोडदिँदै स्थानिय तहमा सुशासन, विकास र पारदर्शिता कायम गर्ने...

स्थानीय निकायको निर्वाचन सम्पन्न भएको सात महिना बितिसक्दा समेत डडेल्धुराका सबै गाउँपालिका व्यवस्थित बन्न सकेका छैनन । सदरमुकाम नै अन्योल हुँदा व्यवस्थित बनाउनमा कठिनाई भएपछि गाउँपालिकाहरु टहराबाटै काम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको नवदुर्गा गाउपालिकाका अध्यक्ष कविन्द्र बिष्ट बताउनुहुन्छ । जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत कतिपय सरकारी कार्यालयका शाखाहरुले भवन अभावमा कार्यालयनै स्थापना गर्न सकेका छैनन ।
कर्मचारी व्यवस्थापन देखि कार्यालय स्थापनाको काम भइरहेको जनाएता पनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिका मध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित पदाधिकारीको भनाइ छ ।
कतिपय गाउँपालिकामा कृषि, पशु,खानेपानी तथा सरसफाई शाखाहरुले प्रशासनिक...

I found some rural municipalities  are under the process of drafting education policy in Sindhupalchok. What about yours ?

Anil Khanal
Civil society should be active in policy drafting process
9 months ago