Groups

पैरवी पत्रकार संजाल

 Public Group

घोडाघोडी नगरपालिकामा विपत व्यवस्थापन समिति गठन ।।

बिरेन्द्र शाह कैलाली श्रावण १ सुखड

कैलालीको घोडाघोडी नगरपालिकामा प्राकृतिक प्रकोप बाट हुने क्षति न्युनिकरणका लागि नगर स्तरिय विपत व्यवस्थापन समिति गठन भएको छ । देश भर बिभिन्न जिल्लामा विगत केही दिन देखिको अविरल रुपमा वर्षा भईरहेको हुनाले बर्षातका कारणले हुन सक्ने जोखिम बाट बच्न उच्च सतर्कता अपनाईएको हो । विगतको बाढी, पहिरो,आगजनी,माहामारी जन्य प्रकोपले निम्ताएको क्षेतिलाई मध्य नगर गर्दै घोडाघोडी नगरपालिकामा नगर स्तरिय विपत व्यवस्थापन समिति गठन गरेको हो । नगरको उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरि बाढी पहिरो तथा विपतमा परेकाहरुलाई तत्काल उद्धार गरेर आवश्यक राहत दिनु पर्ने...

जाजरकोट । १९ असार । भेरी नगरपालिका वडा नम्बर १३ को कुदुको फाँट हेर्दा यो समय रोपाइको चटारोले भ्याईनभ्याई हुनु पर्ने हो । सवै किसानहरु खेतबारीमा बिहानदेखि बेलुकासम्म कामले व्यस्त हुनुपर्ने समय हो । अनि असोज र कार्तिक महिनामा धानका बाला झुलेर पहेँलै हुनुपर्ने हो । तर विडम्बना सिंचाई सुविधा नभएपछि बर्षौदेखि खेतियोग्य जमीन सुख्या र निन्याउरो छ ।

प्रसस्त मात्राको खेतियोग्य जमीनले अहिलेसम्म सिंचाईको स्वाद चाख्नै पाएको छैन । सिंचाई नपाउँदा खेतियोग्य जमीनमा बर्षौदेखि धुलो उडिरहेको छ । कुदुको खेतियोग्य जमीन नजिकैबाट भेरी नदी बगिरहेको छ तर 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' भनेझैँ भएको...

सपना सिंह । स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष बितेको छ । जनप्रतिनिधि आएसँगै विकासले गति लिने आशा राखेका स्थानीयहरु अहिले निराश हुन थालेका छन । केन्द्र सरकार मात्रै हुदाँ देशको समान विकास नभएको कूराले खुबै चर्चा पाउन्थ्यो तर अहिले पनि विकासले भने गति लिएको छैन । १ वर्षको अवधिमा सडक निर्माण गरिनु भन्दा अरु कुनै पनि विकासका पूर्वाधारहरु बनेको देखिदैँन । चुनावको बेला ठूल ठूला विकासका सपना बाड्दैँ हिडेका जनप्रतिनिधि अहिले विजयी भएर स्थानीय तहमा पुगेपछि आम सर्वसाधारणका पिर मर्का बिर्सिदैँ गएका छन । स्थानीयहरुको आवश्यकता भन्दा पनि जनप्रतिनिधि आफूलाई ठिक लाग्ने काममा व्यस्त छन । अब यसरि नै...

खेती योग्य जग्गा जमिनमा खेती हुनुपर्ने हो । तर नेपालको कृषि गणना २०६८ लाई आधार मानेर हेर्दा १० वर्षक्रममा एक लाख २९ हजार हेक्टर जमिन बाँझै छ । तीस लाख ९० हजार हेक्टर जमिनमा मात्र खेती भएको छ । नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किमी छ । जबकि १० हजार वर्ग मिटर बराबर एक हेक्टर मानिन्छ । रुकुममा पुर्बमा पनि एक तिहाई खेती योग्य जमिन बाँझो रहेको कृषि कार्यालयको तथ्याङ्क छ ।