Groups

स्वास्थ्य सवाल समुह

 Public Group

सुर्खेत, चैत्र १९ । भेरीगंगा नगरपालिका ११ रामघाट सुर्खेतमा रामघाट स्वास्थ्यचौकीको सामाजिक परिक्षण अनुगमन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवाको सार्वजनिक सेवा गुणस्तरियताका लागि उक्त कार्यक्रम गरिएको हो ।
गत बर्ष भएको सामाजिक परिक्षणमा गरिएका प्रतिवद्धता पुरा भए वा भएनन् भनि यस पटक अनुगमनका लागि कार्यक्रम गरिएको जनाईएको छ । गत वर्षको सामाजिक परिक्षणमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्ने र एम्बुलेन्स किन्ने प्रतिबद्धता गरिएका थिए । ति मध्ये अहिले भवन निर्माण सम्पन्न भएको छ । स्वास्थ्य चौकीमा एम्बुलेन्स ल्याउने प्रतिबद्धता भने पुरा हुन सकेको छैन । स्वास्थ्य संस्थामा एम्बुलेन्स ल्याउने समय फेरी पनि थपिएको छ...

 

 

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा हुराडेक नेपाल दोलखाद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत संचालन भएको साझासभाले स्थानीय तहमा रहेको बिषयगत सेवालाई प्रभावकारी बनाउन दोहोरो संवाद...

डडेल्धुरामा यसबर्ष झण्डै डेढलाख मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । गत बर्ष जिल्लाभरिका १ लाख १३ हजार ब्यक्तिले औषधी सेवन गरेकोमा यसबर्ष १ लाख ४० हजार मानिसलाई सो औषधि खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्लाको कुल जनसङ्ख्या मध्ये १ लाख ४० हजार मानिसलाई लक्षित गरी फागुन १२ गते शनिबारदेखि ३ दिनसम्म जिल्लाव्यापी रुपमा औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख दिलबहादुर शाहीले जानकारी दिएका छन । यसबर्ष जिल्लाका ८ सय २६ वटा स्थानमा ८ सय २६ स्वास्थ्य स्वयंसेवकहरु र १ सय ९३ जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाईले रोगविरुद्ध...

बर्दियाको बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले हात्तिपाईले रोग विरुद्धको औषध खुवाउने अभियानलाई प्रभावकारी बनाउन आफैले औषधी वितरण गर्नुभएको छ । 

अधिकारीले बाँसगढी नगरपालिकाका बिभिन्न ठाँउमा पुगि सर्वसाधारणहरुलाई आफ्नै हातबाट औषधी वितरण गर्नुभएको हो । मेयर अधिकारीले नगरपालिकाका बेलुवा स्वाथ्य चौकी, बेतहनी, नौलाबगिया, शान्ति समाज प्रावि सान्तिपुर, चौधरीपुर, बभनपुर, सगाहापुर लगायतका ठाँउमा पुगेर औषधी वितरण गर्नुभएको छ ।

शनिबार हात्तिपाईले रोग बिरुद्धको ७ औँ चरणको औषधी खुवाउने अभियानलाई प्रभावकारी बनाउने सँगै सबैलाई खान प्रेरित गर्न बाँसगढी नगरपालिकाका मेयर अधिकारीको नेतृत्वमा रहेको टोलीले नगरपालिकाका बिभिन्न औषधी खुवाउने स्थलहरुमा पुगी सबैले औषधी खाएको नखाएको अनुगमन गर्दै सबैलाई खान समेत...

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विहिबार शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र विपद् व्यवस्थापनका सवालमा साझासभा  सम्पन्न भएको छ । कार्यक्रम जिल्लामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र विपद् व्यवस्थापनका सवालसंग जोडिएर आएका गुनासा, अहिले भईरहेका काम र समस्या समाधानका उपाय लगायतका विषयमा केन्द्रित रहेको थियो ।

युएसएआईडीको सहयोगमा संचालित पारस्परिक जवाफदेहिता कार्यक्रम मार्फत मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले मानव अधिकार संरक्षण तथा शिक्षा सञ्जाल रामेछापसंगको समन्वयमा साझासभा भएको हो ।

मानव अधिकार संरक्षण तथा शिक्षा सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले...

डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ सुनकोट र कोटेलीका बासिन्दा वर्षौंदेखि खानेपानीको अभावमा खोला र नौलाको फोहर पानी पिउन बाध्य छन् । गाउँमा खानेपानी आएपनि खानेपानीको पाइप लाइन बिग्रँदा र मुल सुक्दा २० वर्षदेखि पानीको समस्या झेलिरहेको स्थानीय सुनकोटवासीको भनाइ छ । हिउँद नसकिँदै पानीको समस्या देखा परेको र खोला तथा नौलाको पानीको भरमा खानेपानीको गुजारा चलाउनु परेको स्थानीय लक्ष्मी विकले बताउनुभयो । गाउँमा खानेपानीको समस्या हुँदा आधा घण्टाको बाटो हिडेर पानी ल्याउनु पर्ने बाध्यता रहेको कोटेलीका स्थानीयको गुनासो छ ।

दुईसय भन्दा बढी घरपरिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्न सकेमात्र खानेपानी पाउने नत्र खोलाको फोहर पानी नै...

सल्यान जिल्ला अस्पतालले क्षयरोगको उपचारका लागि पहिलोपल्ट आधुनिक उपकरएण भित्र्याएको छ । अस्पतालले क्षयरोगको उपचारका लागि जिल्लामै पहिलो पटक जीन एक्सपर्ट मेशिन सञ्चालनमा ल्याएको हो । बिएनएमटि नेपालको सहयोग र ब्यवस्थापनमा राष्ट्रिय क्षयरोग केन्द्रले जिल्ला स्वास्थ्य कार्यालय सल्यानमा मेशिन सञ्चालनमा ल्याएको हो । क्षयरोगबाट पिडीत भएका बिरामीहरुलाई पहुँचमा ल्याउने उदेश्यले जिल्लामा पहिलो पटक मेशिन सञ्चालमा ल्याईएको छ ।

मेशिन सञ्जालनमा आएपछि सल्यान जिल्लालाई मात्र नभएर छिमेकी जिल्लाहरु रोल्पा, रुकुम, जाजरकोट र सुर्खेतका जनतालाई समेत सेवा दिन सफल हुने जिल्ला स्वास्थ्य कार्यालय सल्यानको विश्वास छ । मेशिन सञ्चालन भएसँगै क्षयरोगका बिरामीहरुलाई समयमै रोगको निदान गर्न सहयोग पुग्ने...