Groups

पत्रकारिता तथा आमसंचार क्षेत्र सम्बन्धी सवाल समुह

 Public Group

हाल संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरु आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमहरु बनाइरहेका छन् । यस सन्दर्भमा विभिन्न तहका सरकारहरुले बनाएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज र सञ्चार माध्यमले कस्तो भूमिका खेल्नुपर्दछ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला

हाल संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरु आमसञ्चार र नागरिक समाजसम्बन्धी नीति, नियम तथा कानुनहरु निर्माण गरिरहेका छन् । यस सन्दर्भमा नीति, नियम निर्माण प्रक्रियामा सम्बन्धित सबै निकाय तथा सरोकारवाला पक्षहरुको सहभागिता र परामर्श सुनिश्चित गर्ने उपाय के हुनसक्छ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला ।

नेपालमा भ्रष्टाचार तीब्र रुपमा बढिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरुले सार्वजनिक सेवा प्रदायक निकाय र राजनीतिक तहमा भ्रष्टाचार प्रत्येक वर्ष बढदै गएको देखाएका छन् । बढदो भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सञ्चार माध्यम र नागरिक समाजको कस्तो भूमिका हुनुपर्दछ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला ।

आर्थिक कारोबारका लागि सदरमुकाम धाउनु पर्दा स्थानीयलाई सास्ती

डडेल्धुरासहित सात नम्बर प्रदेशका ९ वटै जिल्लाका स्थानीय तहमा बैंक खोल्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधीले काम थालेको महिनौ बितिसक्दा पनि यस क्षेत्रका स्थानीय तहमा बैंकहरु खुल्न सकेका छैनन् । सबै जिल्लाका स्थानीय तहहरुमा स्थापना गरिने बाणिज्य बैंकहरुको बारेमा टुङ्गो लागे पनि स्थानीय तहमा बैंकहरु स्थापना हुन सकेका छैनन । प्रदेश नं. ७ का ९ ओटै जिल्लाका ३६ स्थानीय तहमा शाखा स्थापना गर्न बिभिन्न बाणिज्य बैंकहरुले पुर्व स्वीकृति लिए पनि इन्टरनेट र अन्य अत्यावश्यक सेवाको अभावमा बैंक स्थापना हुन नसकेको...