Groups

कृषि सवाल समुह

 Public Group

डडेल्धुरामा कृषि विकास बैंकले जिल्लास्थित तीनवटा कृषक समूहलाई बिभिन्न कृषि सामग्री हस्तान्तरण गरेको छ । बैंकले शनिबार सदरमुकामस्थित जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको सभाकक्षमा एक समारोहकाबीच जिल्लाका तीनवटा कृषक समूहलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।

कृषि विकास बैंक लिमिटेड डडेल्धुरा शाखामा बाली विमा र पशु विमा गराएका कृषक समूहहरु मध्ये छनोटगरि तीन समूहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको बैंकदे जनाएको छ । तरकारी उत्पादनमा सक्रिय बकुण्डे ताजा तरकारी समूह, पशुपालन क्षेत्रमा सक्रिय रामेश्वर पशुपालन समूह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्रीहरु हस्तान्तरण गरिएको कृषि विकास बैंक डडेल्धुरा शाखाका प्रवन्धक चक्रविर भण्डारीले जानकारी दिनुभयो ।...

ओखलढुङ्गा जिल्ला अदालतले कृषक ठग्ने कृषि प्राविधिकलाई ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्तर्गत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालlन प्रमुख सिंहेश्वर महतोलाई उक्त फैसला सुनाएको हो । जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख महतोलाई ६ महिना कैद र २० हजार रुपैँया जरीवानाको फैसला सुनाएको छ ।

कृषि सेवा केन्द्र प्रमुख महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ ठगी गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केसीको एकल इजलाशले हालै उक्त फैसला सुनाएको हो । सेवा केन्द्रमा कार्यरत रहँदा अलैँची खेती गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि...