Groups

सामुदायिक अनुसन्धानकर्ता

 Public Group

२०७५ पुस ६ गते 

ललितपुरको गोदावरी नगरपालिका-६ मा गठन गरिएको साझा सभाको बैठक सभाका अध्यक्ष गम्भीरबहादुर राणाको अध्यक्षतामा पुस ६ गते सम्पन्न गरिएको छ । बैठकमा टीकाभैरव क्षेत्रमा सञ्चालित ढुङ्गा खानीले वातावरण र स्वास्थ्यमा पारेको असरका बारेमा छलफल गर्दै यसबाट हुने प्रभाव न्यूनीकरणका विषयमा पैरवी गर्न लागी पर्ने राणाले बताउनुभयो । पैरवीका लागि वन विभाग जिल्ला समन्वय समिति र नगरपालिकासम्म पुगेर आवश्यक पहल गर्ने  वहाँको भनाइ थियो । यसका साथसाथै महिला हिंसा न्यूनीकरणका लागि आवश्यक पहल गर्न बैठकमा प्रतिबद्धता जनाइएको छ । विद्ममान खानेपानीको समस्याबाट मुक्तिका लागि पनि पैरवी गर्ने सभाले अठोट गरेको छ । 

गीता तिमल्सिना

२०७५ पुस ६ गते

गोदावरी नगरपालिका ललितपुरमा सामाजिक जबाफदेहीताका औजारसम्बन्धी विषयमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको आयोजना मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको थियो भने कार्यक्रमको सहजीकरण नेपालका गोबिन्दराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकाका सरोकारवाला तथा स्रोता समूह र नागरिक समाजका प्रतिनिधि गरी ३५ जनाको उपस्थिति रहेको थियो ।

गीता तिमल्सिना

by: Chandra BK
19 Dec 2018

Health post distributes 35 types of medicine to poor and underprivileged people.  









by: Dipa Oli
19 Dec 2018

Health post ma 35 pqrkar Ka ausadi nisulka rupma paenx

स्वास्थ्य संस्थाबाट कति प्रकारका औषधीहरु निशुल्क पाइन्छन् र यसबारे आम नागरिकलाई कत्तिको जानकारी छ ? अाफ्नाे बिचार राख्नुहाेला । 

Rajani Shrestha
;स्वास्थ्य सँस्था बाट ३८ प्रकारका औशाधी निशुल्क पाइन्छ
1 month ago
Mahesh KC
स्वास्थ्य संस्था (स्वास्थ्य चौकी) बाट ३५ प्रकारका औषधी पाईन्छन्, तर आम नागरिकलाई जानकारी छैन । यसका लागी जनचेतना अभिवृद्धी गर्न आवश्यक छ ।
1 month ago
Rajani Shrestha
आम नागरिकलाइ एस बारेमा कुनै जानकारी छैन र येसबारेमा कुनै चासो पनि नरहेको देखिन्छ
1 month ago
ANITA BUDHA MAGAR
३५ प्रकारका औषधीहरु निशुल्क पाइन्छन् . आम नागरिकलाई जानकारी छैन .
1 month ago