किसानका समस्या हल गर्ने प्रतिवद्धता

किसानका समस्या हल गर्ने प्रतिवद्धता

 

किसानका समस्या हल गर्ने प्रतिवद्धता

साझाबोली रेडियो बहस, काभ्रे–१, साझाबोली रेडियो बहस को पहिलो भाग हामीले काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर १ र्यालेमा गरेका हौ । पहिलो भागमा तरकारी, दुध उत्पादन र बजार व्यवस्थापनमा नगरपालिकाको पहल विषयमा कार्यक्रम सम्पन्न भयो । साझाबोली रेडियो बहसमा पनौती नगरपालिकाका नगर प्रमुख भीमप्रसाद न्यौपाने, नगर उप–प्रमुख गीता बन्जारा, कुषि तथा पशुपक्षी शाखामा प्रमुख मणीप्रसाद सापकोटा, वडा अध्यक्ष गुणनाथ सापकोटा र स्थानीय किसानको सहभागीता रहेको थियो । 

बहसमा नगरप्रमुख भीमप्रसाद न्यौपानले नगरपालिकाले किसानका लागि तरकारी, दुध उत्पादनमा सहयोग गरेको बताउनु भयो । बैदेशिक रोगजारबाट घर फर्केका यूवाहरुलाई स्वरोजगार दिने अभियान शुरु गर्ने प्रतिबद्धता गर्नु  भयो । 

कार्यक्रममा किसानहरुले समयमै मल नपाउने, बजारीकरणमा समस्या र उत्पादन गरेका कृषिजन्य उपजहरुको उचित मुल्य नपाएको गुनासो राखेका थिए । किसानले राखेका गुनासोहरुको सम्बोधन कुषि तथा पशुपक्षी शाखामा प्रमुख मणीप्रसाद सापकोटाले यो आर्थिक वर्षदेखि हल गर्ने प्रतिबद्धता गर्नुभयो । नगरपालिकाले पनि विगतका दिनमा गदै आईरहेको कृषि सम्बन्धी कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिने उप– प्रमुख गीता बन्जाराले बताउनु भयो । 

बन्जाराले नगर स्तरीय तरकारकारी संकलन केन्द्र बनाउने नगरमै मकै, धान घाँस लगायतका बिउ बिजन पनि नगरपालिकामै उत्पादन गर्ने बताउनु भयो । दुधको गुणस्तरमा सुधार गर्न अपनाउनु पर्ने सबै प्रविधिहरुको विकास गर्नुपर्ने सहाभगी किासनहरुले गुनासो राखेका थिए । नगरप्रमुख भीमप्रसाद न्यौपानेले  कृषिमा अनुदान बढाउने र सबै किसानहरु व्यवसायिक रुपमा खेती गर्न समान पहुँचमा कृषि नीति बनाउने  प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम उत्पादक – काजल तामाङ #MeroReport #SBRB #PSAK