किसानका समस्या हल गर्ने प्रतिवद्धता
साझाबोली रेडियो बहस, काभ्रे–१, साझाबोली रेडियो बहस को पहिलो भाग हामीले काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर १ र्यालेमा गरेका हौ । पहिलो भागमा तरकारी, दुध उत्पादन र बजार व्यवस्थापनमा नगरपालिकाको पहल विषयमा कार्यक्रम सम्पन्न भयो । साझाबोली रेडियो बहसमा पनौती नगरपालिकाका नगर प्रमुख भीमप्रसाद न्यौपाने, नगर उप–प्रमुख गीता बन्जारा, कुषि तथा पशुपक्षी शाखामा प्रमुख मणीप्रसाद सापकोटा, वडा अध्यक्ष गुणनाथ सापकोटा र स्थानीय किसानको सहभागीता रहेको थियो ।
बहसमा नगरप्रमुख भीमप्रसाद न्यौपानले नगरपालिकाले किसानका लागि तरकारी, दुध उत्पादनमा सहयोग गरेको बताउनु भयो । बैदेशिक रोगजारबाट घर फर्केका यूवाहरुलाई स्वरोजगार दिने अभियान शुरु गर्ने प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रममा किसानहरुले समयमै मल नपाउने, बजारीकरणमा समस्या र उत्पादन गरेका कृषिजन्य उपजहरुको उचित मुल्य नपाएको गुनासो राखेका थिए । किसानले राखेका गुनासोहरुको सम्बोधन कुषि तथा पशुपक्षी शाखामा प्रमुख मणीप्रसाद सापकोटाले यो आर्थिक वर्षदेखि हल गर्ने प्रतिबद्धता गर्नुभयो । नगरपालिकाले पनि विगतका दिनमा गदै आईरहेको कृषि सम्बन्धी कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिने उप– प्रमुख गीता बन्जाराले बताउनु भयो ।
बन्जाराले नगर स्तरीय तरकारकारी संकलन केन्द्र बनाउने नगरमै मकै, धान घाँस लगायतका बिउ बिजन पनि नगरपालिकामै उत्पादन गर्ने बताउनु भयो । दुधको गुणस्तरमा सुधार गर्न अपनाउनु पर्ने सबै प्रविधिहरुको विकास गर्नुपर्ने सहाभगी किासनहरुले गुनासो राखेका थिए । नगरप्रमुख भीमप्रसाद न्यौपानेले कृषिमा अनुदान बढाउने र सबै किसानहरु व्यवसायिक रुपमा खेती गर्न समान पहुँचमा कृषि नीति बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम उत्पादक – काजल तामाङ #MeroReport #SBRB #PSAK