‘मानव बेचबिखन रोक्ने हामी सबैको जिम्मेवारी हो भने हामी यस विरुद्ध हामी एकजुट भएर लाग्नु पर्छ’

‘मानव बेचबिखन रोक्ने हामी सबैको जिम्मेवारी हो भने हामी यस विरुद्ध हामी एकजुट भएर लाग्नु पर्छ’

‘मानव बेचबिखन रोक्ने हामी सबैको जिम्मेवारी हो भने हामी यस विरुद्ध हामी एकजुट भएर लाग्नु पर्छ’

‘मायासँग मनका कुरा’ बाँके, सुनसरी र मोरङ जिल्लाका विभिन्न एफएम स्टेसनहरू प्रतिबोध एफएम, कृष्णसार एफएम, थाहा संचार रेडियो, रेडियो इन्द्रसरोवर, रेडियो सरोवर, झुरझुरे एफएम, नमस्ते एफएम र विजयपुर एफएमबाट हरेक हप्ताको शनिवार बिहान ७ ः३० बजे प्रसारण हुँदै आइरहेको मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने युवा लक्षित विशेष कार्यक्रम हो । कार्यक्रमले वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गर्दै आइरहेको छ । 

दुई होस्टबिच लालीगुराँसको सिजन र हाइकिङको विषयलाई लिएर भएको गफसँगै कार्यक्रम मायासँग मनका कुराको यो चालिस भागले मानव बेचबिखनका अपराध विरुद्ध हामी सबै एक भएर लाग्नु पर्ने र यो हामी सबैको जिम्मेवारी पनि भएको कुरालाई उठान गरेको छ । कार्यक्रममा प्रसारित कथामा जसरी साथी अशोक र तृप्तीले जस्तोसुकै चुनौतीहरूलाई पनि सामान गर्दै मानव बेचबिखन विरुद्ध क्याम्पसमा साप्ताहिक कार्यक्रम चलाउने र गाउँमा मानव बेचबिखनविरुद्धका नीति नियम तथा कानुन बनाउने कामलाई सफल बनाए त्यसरी नै हामी सम्पूर्ण युवाहरू एक भएर यो अपराध विरुद्ध लागि पर्‍यौ भने सफल होइन्छ भन्दै कार्यक्रममा पुरै कथाले दिन खोजिएको सन्देशलाई दोहोराएका छन् । 

यो चोटि हामीले कार्यक्रममा तिनै जिल्लामा मानव बेचबिखन सम्बन्धी काम गरिरहेका संस्थाहरू माइती नेपाल (मकवानपुर) कोसी गाउँपालिका (सुनसरी), आफन्त नेपाल (बाँके) का प्रतिनिधिहरूको आवाजलाई समेटा छौ, जसमा उहाँहरूले गर्दै गर्नु भएको काम र मानव बेचबिखन विरुद्ध हामी सबै एक भएर लाग्न पर्ने सन्देश दिनु भएको थियो । 

साथै अन्तर्वार्ता सेक्सनमा हामीले चोटि यदि कहीँ मानव बेचबिखनका घटना हुँदै गरेको थाहा पाउनु भयो भने तपाई के गर्नुहुन्छ र तस्करलाई कसरी सचेत गराउनुहुन्छ भनेर प्रश्न राखेका थियौँ । प्रश्नको जवाफमा तिनै जिल्लका साथीहरूले त्यस्तो घटना हुँदै गरेको थाहा पाएमा प्रहरीलाई खबर गर्ने, आफै पनि सजग भएर मानव बेचबिखन विरुद्ध काम गर्ने प्रतिनिधि, आफू भन्दा ठुलाहरूलाई खबर गर्ने भन्दै जवाफ दिनुभएको छ । र आइभिआर सेक्सनमा दुई जना साथीले रेकर्ड गरेर पठाउनु भएको आवाज प्रतिक्रियालाई ठाउँ दिँदै सोमबार ४ बजेको फेसबुक लाइभसँगै कार्यक्रम सकिएको छ ।