‘मानव बेचबिखन रोक्न धेरै चुनौतीहरू रहेका छन्’

‘मानव बेचबिखन रोक्न धेरै चुनौतीहरू रहेका छन्’

‘मानव बेचबिखन रोक्न धेरै चुनौतीहरू रहेका छन्’

‘मायासँग मनका कुरा’ बाँके, सुनसरी र मोरङ जिल्लाका विभिन्न एफएम स्टेसनहरू प्रतिबोध एफएम, कृष्णसार एफएम, थाहा सञ्चार रेडियो, रेडियो इन्द्रसरोवर, रेडियो सरोवर, झुरझुरे एफएम, नमस्ते एफएम र विजयपुर एफएमबाट हरेक हप्ताको शनिवार बिहान ७ ः३० बजे प्रसारण हुँदै आइरहेको मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने युवा लक्षित विशेष कार्यक्रम हो । कार्यक्रमले वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गर्दै आइरहेको छ । 

यसैक्रममा कार्यक्रमको यो ३८ औँ भागले भने मानव बेचबिखन रोक्न धेरै चुनौतीहरू रहेको र त्यसलाई हामी सबै मिलेर समाधानको बाटोतिर लाग्नु पर्ने कुरालाई जोड दिने विषयको उठान गरेको छ । होली पर्व सबैले संयम भएर मनाउनुपर्छ, जर्बजस्ति रूपमा कसैलाई पनि लोला हान्ने र रङ दल्ने कार्य गर्नु हुँदैन भन्दै सुरु गरिएको यो भागमा तृप्ती र अशोकको कथाको चौथो भाग प्रसारणसँगै हामी सबै युवाहरू एक भएर स्कुल कलेजहरूमा मानव बेचबिखन विरुद्ध साप्ताहिक कार्यक्रम चलाउने तथा स्थानीय स्तरले पनि कडा कानुन बनाउने हो भने मानव बेचबिखन रोक्न सहज हुन्छ र यसको लागि हामी जुट हुनु पर्ने कुरा त छँदै छ साथै हरेक तहका सम्बन्धित निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउन आवश्यक रहेको छ भन्ने कुरा उल्लेख गरिएको छ । 

मानव बेचबिखन रोक्नको लागि हामी युवाहरूको भूमिका के रहन्छ ? भन्ने कार्यक्रमको यो भागको जनआवाज प्रश्नमा विभिन्न प्रकारको कार्यक्रम बनाउन सक्छौँ, क्लब गठन गरेर सडक नाटक देखाउन सक्छौ, सामाजिक सञ्जालहरू प्रयोग गरेर जनचेतनाको कुराहरू बाँड्न सक्छौ, समस्याहरू धेरै आउला तर हामीले सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्दै सबै अविभावकहरुलाई प्रशिक्षण समेत दिने, नियम कानुन बनाउने र सबैलाई जागरूक बनाउन सकिन्छ भन्दै आफ्नो विचार हामीसँग शेयर गर्नु भएको छ । 

यसै गरी हामीले एक जना साथी जसले सिप सिकेर वैदेशिक रोजगारीमा गएकै कारण त्यस्तो कुनै पनि किसिमको अप्ठ्यारो झेल्न नपरेको तथा कसैबाट पनि ठगीमा पर्नु नपरेको सफलताको अनुभवको कथा बाँड्नु भएको छ । हामीले देशभित्र होस् या देश बाहिरा जहाँ जस्तो रोजगारीको लागि जाँदा हामीले कुनै पनि प्रकारको दुखहरू भोग्नु पर्दैन न त हामीले मानव बेचबिखन लगायतका अरू जोखिममा नै मोल्नुपर्ने हुन्छ भन्ने नै उहाँको अनुभवी कथाको आशय हो । साथै सोमबार ४ बजेको फेसबुक लाइभ र त्यहाँ साथीहरूले गर्नु भएको प्रतिक्रियाहरूलाई समेट्दै कार्यक्रमको ३८ भाग सकिएको छ ।