‘प्रत्येक वर्ष युवाहरूलाई आयआर्जन मूलक तालिम दिन्छौँ ’

‘प्रत्येक वर्ष युवाहरूलाई आयआर्जन मूलक तालिम दिन्छौँ ’

‘प्रत्येक वर्ष युवाहरूलाई आयआर्जन मूलक तालिम दिन्छौँ ’

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरू जनताको मतबाट आगामी ५ वर्षसम्म काम गर्ने गरी निर्वाचित भएका हुन् । विभिन्न आस गरेर नागरिकले मत दिएर जिताएर पठाएका छन् । जितेर आएका जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल भरीमा के काम गर्ने योजना बनाएका छन् र नागरिकहरूले चाहिँ आफ्ना प्रतिनिधिबाट कस्तो आस गरेका छन् भन्ने विषयमा साझा बोलीको स्थानीय संस्करणको ३२ औं अं कमा छलफल भएको छ ।

छलफलमा सहभागी रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले बेरोजगार युवाहरूलाई रोजगार बनाउने प्रमुख योजना रहेको बताउनुभएको छ । प्रत्येक वर्ष युवाहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउने योजना रहेको उहाँको भनाई छ । वर्षमा कम्तीमा पनि ५० जना युवाहरूलाई प्लम्बर, सिकर्मी, डकर्मी, हाउस वायरिङ, बाख्रा पालन, मत्स्य पालन, तरकारी खेती लगायतका तालिम सञ्चालन गर्ने उहाँले जानकारी गराउनुभयो । यसका अलावा जनताका दैनिक आवश्यकतासँग जोडिएका कामहरू गर्ने उहाँले प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रमका अर्का अतिथि मुसीकोट खलङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्दप्रसाद शर्माले जनप्रतिनिधिहरुले कुनै पनि खालको दम्भ नराखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । जनताको पिर मर्का नबुझ्ने हो भने फेरि अर्को चुनावमा जनताले सबक सिकाउने भन्दै उहाँले साना साना कुरामा केन्द्रित भएर नवनिर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा उहाँको जोड छ । स्थानीय तह सुशासनको पाटोमा पनि गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा रुकुम पश्चिम र रोल्पाका नागरिकहरूले जनप्रतिनिधिबाट गरेका अपेक्षाहरू राखेका थिए । त्यस्तै रोल्पाको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले आफ्ना प्राथमिकताहरू राख्नुभएको थियो ।