‘कुनै पनि रोजगारीका लागि अवैध तवरबाट यात्रा गर्दा मानव बेचबिखन लगायतका अन्य थुप्रै नराम्रा परिणामहरू भोग्नु पर्ने हुन्छ’

‘कुनै पनि रोजगारीका लागि अवैध तवरबाट यात्रा गर्दा मानव बेचबिखन लगायतका अन्य थुप्रै नराम्रा परिणामहरू भोग्नु पर्ने हुन्छ’

‘कुनै पनि रोजगारीका लागि अवैध तवरबाट यात्रा गर्दा मानव बेचबिखन लगायतका अन्य थुप्रै नराम्रा परिणामहरू भोग्नु पर्ने हुन्छ’

‘मायासँग मनका कुरा’ बाँके, सुनसरी र मोरङ जिल्लाका विभिन्न एफएम स्टेसनहरू प्रतिबोध एफएम, कृष्णसार एफएम, थाहा संचार रेडियो, रेडियो इन्द्रसरोवर, रेडियो सरोवर, झुरझुरे एफएम, नमस्ते एफएम र विजयपुर एफएमबाट हरेक हप्ताको शनिवार बिहान ७ ः३० बजे प्रसारण हुँदै आइरहेको मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने युवा लक्षित विशेष कार्यक्रम हो । कार्यक्रमले वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गर्दै आइरहेको छ । 

कानुनी तवरले सबै प्रक्रिया पुर्‍याएर कुनै पनि रोजगारीमा जाँदा समेत कहिलेकाहीँ हामीले नसोचेको दुर्घटनाहरू झेल्नुपर्ने हुन्छ यस्तो बेलामा हामीले पाउनुपर्ने सहयोग र क्षतिपूर्तिका लागि धेरै दुख र झन्झटहरू बेहोर्नु पर्ने हुन्छ यस्तो अवस्थामा झनै हामी अवैध तरिकाले गएका छौ भने त हामीले कुनै पनि राज्यले दिने सेवा सुविधा तथा सहयोग सहायताहरू पाउन सक्दैनौँ । वैधानिक तवरले नै जाँदा पनि हामीले सबै प्रमाणहरूलाई सुरक्षित तरिकाले राख्नुपर्छ र आवश्यकता अनुसार पेस गर्नुपर्ने हुन्छ किनकि प्रमाणबिना हामीले कुनै किसिमको क्षतिपूर्ति पाउन सक्दैनौँ । 

सबै पक्रिया पुर्‍याएर गएको तर केही नराम्रो अवस्थाहरूमा परेर फर्किएका साथीहरूले देशमा आएर क्षतिपूर्तिको लागि मागदाबी गर्दा कसरी कुन प्रक्रियाबाट र कसरी क्षतिपूतिएको माग गर्ने भन्ने प्रश्नहरूमा जवाफ दिँदै माइती नेपालका अधिवक्ता उमा तामाङले हामीले कागजपत्र, भिसापत्र, आउँदाजाँदाको टिकटको प्रति साथै अस्पतालमा लागेका र भए गरेका खर्चहरू समेतका विभिन्न प्रमाणहरू लिएर वैदेशिक रोजगार विभाग बोर्डमा गएर उजुरी गर्दा हामीले क्षतिपूर्ति पाउन सक्ने कुरालाई प्रस्ट पारिदिनु भएको छ । यति मात्रै नभएर हामीलाई यदि कसैले झुक्काएर बेचसवखनमा पारेको रहेछ भने पनि  हामीले राखेका प्रमाणहरूले सत्कारलाई सजाय दिलाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर हामीले कहिले पनि अवैध बाटो भएर रोजगारका लागि जानु उचित हुँदैन । 

कार्यक्रमको यो भागमा तृप्ती र अशोकको पाँचौँ भाग प्रसारण भएको छ । साप्ताहिरुपममा मानव बेचबिखन विरुद्ध कक्षा सञ्चालन गर्ने कुरामा र पालिका अध्यक्षले स्थानीय तहमा मानव बेचबिखन विरुद्ध नीति नियम बनाउने प्रतिबद्धता जनाउनु, गैरकानुनीरुपमा जाँदा ज्यान नै गुमाउनु पर्ने हुन सक्ने रहेछ वैदेशिक रोजगारीमा जाँदा त्यही भएर होस पुर्याउँनुपर्ने तथा सबैले सबैलाई साथ दिएर मानव बेचबिखन विरुद्ध एकजुट हुनुपर्छ भन्ने कथाको यो भागले दिएको सन्देश हो । जनआवाज: वैदेशिक रोजगारीमा जाँदा कसरी मानव बेचबिखन लगायतका विभिन्न किसिमको जोखिमलाई कसरी कम गर्न सकिन्छ ? भन्ने प्रश्नमा  कानुनीरुपमा जाने, गैर कानुनी बाटो भएर  कुनै रोजगारीमा नजाने, आफ्नै देशको एयरपोर्ट भएर जाने भन्दै आफ्नो विचार हामीसँग शेयर गर्नु भएको छ भने आइभिआरमा साथीले पठाउनु भएको कविताहरू उहाँहरूकै आवाजमा प्रसारण र सोमबारको ४ बजेको लाइभसँगै कार्यक्रम सकिएको छ ।