स्वास्थ्य चौकीमा औषधी सहज बनाउने प्रतिबद्धता

स्वास्थ्य चौकीमा औषधी सहज बनाउने प्रतिबद्धता

रेडियो कार्यक्रम  साझा बोली रेडियो बहस’ काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ११ जैशीथोकमा तेस्रो भाग रेकर्डिङ भयो । 
कार्यक्रमको तेस्रो भागमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधीहरूबारे नागरिकले कसरी थाहा पाउने ? कोरोना  भाइरस विरुद्धको खोपका विषयमा नागरिकमा परेको भ्रम र यसको वास्तविकता बारेमा  घनिभूत छलफल भयो । बहसमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झा, स्वास्थ्य शाखाका कार्यरत छैटौँ तहको अधिकृत दिपक घिमिरे, मण्डनदेउपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष माधावप्रसाद न्यौपाने र नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता लगायत ३० जना भन्दा बढी स्थानीयहरूको  सहभागिता रहेको थियो । 
बहसमा नगरप्रमुख टोकबहादुर वाईबाले सरकारले उपलब्ध गराउने निःशुल्क औषधीहरू नगरपालिकाले सबै वडाका स्वास्थ्य शाखा मार्फत स्थानीयहरूलाई निःशुल्क औषधी उपलब्ध गराउने बताउनु भयो । 
बहसमा स्थानीय युवा समाजसेवी दिपेन्द्र वाईबाले गाउँका स्थानीयहरू बिरामी हुँदा स्वास्थ्य चौकीमा औषधी नपाएको, एम्बुलेन्स बेलैमा नआउदा स्थानीयले सास्ती बेहोर्नु परेको गुनासो राखेका थिए ।   
स्वास्थ्य चौकीमा बिरामीको उपचार हुन्छ भनेर अहिले सम्म पनि स्थानीयलाई थाहा नभएकाले गरिब, दलित तथा अपाङ्गहरूले बिरामी हुँदा धुलिखेल अस्पतालसम्म जानु पर्दा समस्या भएको  स्थानीय सुभद्रा चौलागाईले बताउनु भयो । स्थानीयले राखेका गुनासोहरूको सम्बोधन स्वास्थ्य शाखामा कार्यरत छैटौँ तहको अधिकृत दिपाक घिमिरेले यो आर्थिक वर्षदेखि स्थानीयलाई स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सेवा सुविधाहरूबारे जानकारी सूचना संयन्त्रलाई भरपर्दो र एकरूपता काय गर्ने प्रतिबद्धता राख्नुभयो । 
बहसमा स्थानीयहरूले कोरोना भाइरस विरुद्ध लगाइने खोपबारेमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झासँग जिज्ञासा राखेका थिए । स्थानीयले  कोरोना भाइरस विरुद्धको  खोप कतिको सुरक्षित छ ? र खोप लगाएपछि फेरी कोरोना सङ्क्रमण हुन्छ कि हुँदैन भनेर राखेको प्राश्नको उत्तर डाक्टर झाले दिनुभयो ।  
डाक्टर झाले कोरोना भाइरस विरुद्ध लागउने खोपबारे समाजमा भ्रम छर्ने काम सामाजिक सञ्जालले गरेकाले बेलैमा सचेत रहन स्थानीयहरूलाई अनुरोध गर्नुभयो । आगामी दिनमा कोरोना भाइरस विरुद्ध लगाउने खोप सबै लक्षित समूहका नागरिकलाई ढुक्क भएर लगाउन आग्रह गर्नु भयो ‘स्वास्थ्य नै मानिसको धन हो । त्यसैले नागरिकले स्वास्थ्य उपचार सम्बन्धी जानकारी पाउने अधिकार संविधानमै उल्लेख छ । तर सरकारले उपलब्ध गराउने भनेको ७० प्रकारका निःशुल्क औषधि प्रभावकारी ढङ्गले सर्वसाधारणको घरदैलोमा पुग्न नसकेको जनगुनासोहरू आगामी दिनमा आउन नदिन नगरपालिका लाग्ने नगर प्रमुख टोकबहादुर वाईबाले बताउनु भयो ।  यसै गरी कार्यक्रम  स्वास्थ्य कार्यालयका राखेको होडिङ बोर्डमा उल्लेख भएको समयमा स्वास्थ्यकर्मीहरुले सबै बिरामीहरूको सेवा गरिरहेको वडा अध्यक्ष माधवप्रसाद न्यौपानेले बताउनु भयो ।