स्थानीय तह निर्वाचनको मतगणनामा भइरहेको ढिलाइ, बदर मतको अवस्था र सुशासनका लागि जनप्रतिनिधिले खेल्ने भूमिका

स्थानीय तह निर्वाचनको मतगणनामा भइरहेको ढिलाइ, बदर मतको अवस्था र सुशासनका लागि जनप्रतिनिधिले खेल्ने भूमिका

स्थानीय तह निर्वाचनको मतगणनामा भइरहेको ढिलाइ, बदर मतको अवस्था र सुशासनका लागि जनप्रतिनिधिले खेल्ने भूमिका

साझा बोली रेडियो बहसको २९ औँ भागमा हामीले स्थानीय तह निर्वाचनको मतगणनामा भइरहेको ढिलाइ, बदर मतको अवस्था र सुशासनका लागि जनप्रतिनिधिले खेल्ने भूमिका विषयमा छलफल गरेका थियौ । छलफल हामीसँग कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामी र पत्रकार महासंघका उपाध्यक्ष भवानी भट्ट हुनुहुन्थ्यो । छलफलका क्रममा स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको अवस्था, मतदाताको सहभागिता र मतगणनामा भइरहेको ढिलाइ, बदर मतको अवस्था र नवनिर्वाचित जनप्रतिनिधिहरूले सुशासनका लागि कसरी काम गर्नुपर्ला भन्ने विषयमा सुशासनविद्का टिप्पणी तथा जनप्रतिनिधिका प्रतिविद्धताका बारेमा छलफल गरेका थियौ । 

छलफलका क्रममा कञ्चनपुरको पुनर्वास १० मा सामान्य विवाद भए बाहेक कैलाली र कञ्चनपुरमा स्थानीय तह निर्वाचन २०७९ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ र मतदाताहरूको उल्लेख्य सहभागिता रहेको निष्कर्ष निकालेका थियौ । तर मतगणना प्रक्रियामा भने निकै ढिलासुस्ती हुनुका साथै गणना भएको मतको नजिता सार्वजनिक नगर्दा आम नागरिक र आमसञ्चार माध्यमले सूचनाको पहुँचबाट वञ्चित हुनुपरेको गुनासो सुनेका थियौ । 

यता, निर्वाचनमा खटिएका कर्मचारीहरूले अन्य कामको व्यवस्थापनसँगै सूचना समेत दिनुपर्ने भएकाले त्यसमा चुकेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले स्वीकार गर्नुभएको थियो ।उहाँले आगामी निर्वाचनमा निर्वाचन आयोगले निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृतसँगै एक जना सूचना अधिकारी पनि व्यवस्था गर्न सके अझै प्रभावकारी हुने सुझाव दिनुभएको थियो । साथै आम नागरिक र सञ्चारमाध्यमलाई सहज सूचनाको पहुँच गराउने प्रतिबद्धता समेत जनाउनुभएको थियो । 

यस्तै, प्रत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष भवानी भट्टले आमनागरिकलाई सुनिश्चित गर्ने कुरामा आमसंचारमाध्यम सधैँ प्रतिबद्ध रहेको प्रतिक्रिया दिनुभएको थियो ।