स्थानीय तहको निर्वाचनमा महिला सहभागिता, मतदाता शिक्षाको अवस्था, मतदान गर्ने तरिका र आचारसंहिता कार्यान्वयनको अवस्था

स्थानीय तहको निर्वाचनमा महिला सहभागिता, मतदाता शिक्षाको अवस्था, मतदान गर्ने तरिका र आचारसंहिता कार्यान्वयनको अवस्था

स्थानीय तहको निर्वाचनमा महिला सहभागिता, मतदाता शिक्षाको अवस्था, मतदान गर्ने तरिका र आचारसंहिता कार्यान्वयनको अवस्था

साझा बोली रेडियो बहसको २८ औँ भागमा हामीले स्थानीय तहको निर्वाचनमा महिला सहभागिता, मतदाता शिक्षाको अवस्था, मतदान गर्ने तरिका र आचारसंहिता कार्यान्वयनको अवस्था विषयमा छलफल गरेका थियौ । छलफल हामीसँग नागरिक समाजका सदस्य अमिर तिरुवा र पत्रकार महासङ्घ कञ्चनपुरका उपाध्यक्ष भवानी भट्ट हुनुहुन्थ्यो । छलफलका क्रममा हामीले स्थानीय तहको निर्वाचनमा महिला सहभागिता र मतदाता शिक्षाको अवस्था, मतदान गर्दा ध्यान दिनुपर्ने कुरा, आचारसंहिता कार्यान्वयनको अवस्थाका र नागरिक समाज तथा आमसञ्चार माध्यमले खेलेको भूमिकाको बारेमा छलफल गरेका थियौ । 

र छलफलका क्रममा दलहरूले संवैधानिक व्यवस्था अनुसार महिला तथा दलित र अन्य समुदायलाई समानुपातिक रूपमा समेट्न नसकेको निष्कर्षमा पुगेका थियौ । यस्तै चुनावको मिति नजिकिँदै जाँदा दल तथा उम्मेदवार मतादाता रिझाउन घरदैलोमा गए पनि मतदाता शिक्षामा भने कसैले चासो नदिएको पाइएको थियो । साथै चुनावको प्रचारप्रसार गर्दै ठुला दलहरूले नै आचारसंहिता विपरीत सार्वजनिक स्थानहरूमा पर्चापम्पलेट तथा तुलहरू लगाएको पाइएको थियो ।

यसै गरी मतदाताहरूमा मतदान कसरी गर्ने अन्योल देखिएकाले मतदाता शिक्षाका बारेमा छलफल गरिएको थियो भने नागरिक समाजका तर्फबाट अमिर तिरुवाले आफूहरूले पनि मतदाता शिक्षाका लागि सम्पूर्ण नागरिक समाज संस्थासँग पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

यस्तै, प्रत्रकार महासङ्घ कञ्चनपुरका उपाध्यक्ष भवानी भट्टले आमसंचारमाध्यम मार्फत समूदाय स्तरमा मतदाता शिक्षा सम्बन्धी सूचना प्रकाशन प्रसारण गरेर आम नागरिकलाई सुसूचित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।