स्थानीय तह निर्वाचनको व्यवस्थापन , कमी कमजोरी र उपलब्धि
साझा बोली रेडियो बहसको ३२ अंकमा हामीले स्थानीय तह निर्वाचनको व्यवस्थापन , कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेका छौ ।
स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षा , अन्य खर्च र कर्मचारी व्यवस्थापन र तयारीका बारेमा निर्वाचन आयोग प्रदेश कार्यालय सुर्खेतका प्रमुख दुर्गा प्रसाद चालीसे सँग कुराकानी गर्यौँ ।
उहाँले स्थानीय तहको निर्वाचन समग्रमा शान्ति पूर्ण रूपमा सम्पन्न भएको भन्दै उहाँले अन्य व्यवस्थापनको काममा अलि ध्यान दिनु पर्ने बताउनु भएको छ ।
उहाँले आयोगले मतदाता शिक्षा संचालन गर्न नसक्दा पनि धेरै मतहरू बदर भएको , कर्णाली प्रदेशमा भौगोलिक विकटता कारण मतदान सामग्री पठाउन निक्कै कठिन भएको , मतपेटिका समयमा ल्याउन नसकिएको यस कारण पनि खर्च मा वृद्धि हुने गरेको जानकारी दिनु भएको छ ।
आगामी निर्वाचनमा यस्ता कुराहरूको व्यवस्थापनका लागी समयमानै तयारी गर्नु पर्ने उहाँको सुझाव रहेको छ ।
यसै गरी निर्वाचन आचार सहिताको पालना दलहरूले गर्न पनि सुझाव दिनु भएको छ, साथै मतदाता शिक्षाका लागी पनि दलहरूले आफ्नो तर्फ बाट पनि काम गर्नु पर्ने उहाँको सुझाव रहेको छ ।
नागरिकहरूले स्थानीय तह निर्वाचनमा अपाडगता भएकाहरूको लागी राम्रो व्यवस्था नभएको , लगायता गुनासो राखेका छन् उहाँले यस लाई सुझावको रूपमा लिएर आगामी निर्वाचनमा बिचार गर्ने बताउनु भएको छ ।
यसै गरी प्रदेश कार्यालय दाङ निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुवर स्थानीय तह निर्वाचन शान्ति पूर्ण रूपमा सम्पन्न भएको बताउनु भएको छ ।
निर्वाचनमा कति के के काममा खर्च भएको छ भन्ने बारेमा पूर्ण जानकारी आउन बाकी रहेको उहाँका भनाइ छ ।
मतदाता शिक्षा दिनु पर्ने , आचार सहिताको पूर्ण पालना हुन नसकेको जस्ता कमी कमजोरी यसका लागी आगामी निर्वाचनमा यस्ता कामहरू गर्नु पर्ने उहाँको भनाइ रहेको छ ।