साझा बोली रेडियो बहस कार्यक्रम समुदायका लागि निकै प्रभावकारी

साझा बोली रेडियो बहस कार्यक्रम समुदायका लागि निकै प्रभावकारी

साझा बोली रेडियो बहस कार्यक्रम समुदायका लागि निकै प्रभावकारी 

रेडियो अमरगढी डडेल्धुराले उत्पादन गर्दै आएको साझा बोली रेडियो बहस कार्यक्रमको बत्तीसौँ अंकमा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका निवर्तमान अध्यक्ष मानबहादुर साउद, र नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीसँग साझा बोली रेडियो कार्यक्रमको प्रभावकारीताको बिषयमा छलफल भयो । 
 
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका निवर्तमान अध्यक्ष मानबहादुर साउदले रेडियो अमरगढी एफएमले उत्पादन गर्दै साझा बोली रेडियो बहस कार्यक्रम डडेल्धुरा जिल्लाका लागि निकै राम्रो भएको बताए । यो कार्यक्रम समुदायका लागि निकै नै प्रभावकारी बनेको समेत उनले बताए । 
 
कार्यक्रममा कृषि, स्वास्थ्य तथा बिपदका सवालहरू उठाइनु एकदमै सराहनीय भएको समेत उनले बताए । समुदायमा यी यस्ता बहसहरू अझै आवश्यकता रहेको बताए । 
 
नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले कार्यक्रम प्रभावकारी र सूचनामूलक रहेको बताए । जिल्लामा जतीपनी सेवा दीने र लिने संस्थाहरू छन् उनीहरुका लागि साझा बोली रेडियो बहस कार्यक्रमले पुलको काम गरेको बताए । 
कार्यक्रम उत्पादन देखी प्रशारणका गतिविधिहरु एकदमै राम्रो बताए । 
 
यस्तै कार्यक्रममै डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले रेडियोले उत्पादन गरेर प्रसारण गर्दै आएको साझा बोली रेडियो बहसबाट कार्यक्रममा समेटिएको विषयवस्तुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र समाधानको पाटो खोजेको बताए । 
 
समुदायका नागरिकहरूले यो कार्यक्रमबाट लाभान्वित भएका समेत उनको भनाई छ । कार्यक्रमले सेवाग्राही र सेवा प्रदायकबिच भएको ग्यापलाई पुरा गरेको समेत उनले बताए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूले साझा बोली रेडियो कार्यक्रम आगामी दिनमा पनि आवश्यकता भएको प्रतिक्रिया दिए ।