सम्भावित कोरोनाको तेस्रो लहर बाट जोखिम न्यूनीकरणका लागी पूर्व तयारी

सम्भावित कोरोनाको तेस्रो लहर बाट जोखिम न्यूनीकरणका लागी पूर्व तयारी

सम्भावित कोरोनाको तेस्रो लहर बाट जोखिम न्यूनीकरणका लागी पूर्व तयारी

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिस्ट, बाँकेका अस्पताल समन्वयकर्ता नरेश श्रेष्ठ, र नागरिक समाजका तर्फबाट  नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष अधिवक्ता विकास आचार्य अुनुहुन्थ्यो ।

हाम्रा अतिथिहरू बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिस्टले सीमा नाका मा उचित व्यवस्थापन, अक्सिजनको पर्याप्तता, दक्ष स्वास्थ्यकर्मी, अस्पताल बेड बिस्तार, बालबालिकाका लागी २० प्रतिशत बेड छुटाइएको लगायत अन्य व्यवस्थाहरू भइसकेकाले पहिलेको जस्तो उपचारमा कठिनाइ नहुने प्रतिबद्धता जनाउनु भएको छ र उहाँले लकडाउन गर्नु पर्ने अवस्था आइहाले विपन्न वर्गका लागी रोजीरोटीको व्यवस्था गर्न समन्वय गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

यसै गरी अस्पताल समन्वय कर्ता नरेश श्रेष्ठले  मास्क लगाएरै काम गर्ने बानी बसाले रोग नसर्ने र लकडाउन गर्नु नपर्ने अवस्था नआउने सम्भावना भएकाले सचेतना बढाउनु पर्ने सुझाव दिँदै  जनस्वास्थ्यका मापदण्ड पालना गराउन लागी पर्ने, प्रारम्भिक अवस्थामै बिरामीलाई अस्पताल पठाउन व्यवस्थापन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यसै गरी अधिवक्ता विकास आचार्यले नागरिक र सरोकारवाला बिच सूचना प्रवाह गरी नागरिकले पाउनुपर्ने स्वास्थ्य सम्बन्धी हक र न्यायका विषयमा थप वकालत र पहरेदार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।