सबै नागरिकलाई स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्छ

सबै नागरिकलाई स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्छ

सबै नागरिकलाई स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्छ 

कोही पनि नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर सरकारले स्वास्थ्य वीमाको व्यवस्था गरेको छ । निश्चित रकम तिरेर निश्चित समयसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा पाउने गरी सरकारले लागु गरेको स्वास्थ्य बिमामा आकर्षण राम्रो देखिएको साझा बोलीको स्थानीय संस्करणको ३१ औँ अङ्कमा छलफल भएको छ । अव स्थानीय सरकारहरूले स्वास्थ्य बिमालाई अनिवार्य गर्नुपर्नेमा कार्यक्रममा छलफल भएको छ । स्वास्थ्य बिमा बोर्ड रुकुम पश्चिमका संयोजक डेविड गौतमले रुकुम पश्चिम स्वास्थ्य बिमा विमति सङ्ख्याका आधारमा कर्णाली प्रदेशमै पहिलो रहेको बताउनुभयो । स्थानीय सरकारले जिल्लामा स्वास्थ्य बिमालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । 

अव थप प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । बिमकको आधा रकम सरकार र आधा नागरिक स्वयमले तिर्ने गरी व्यवस्था गर्नसकेमा बिमा प्रति सबै नागरिकहरूको अपनत्व बढ्ने उहाँको भनाई छ । वीमाको महत्त्व लगभग सबैले बुझिसकेको र अव बिमालाई सजिलो बनाउने गरी सबै क्षेत्र लाग्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बेदाराम ओलीले नगरपालिकाले स्वास्थ्य बिमालाई बढाउन नगरपालिकाले बजेटको व्यवस्थापन गरिरहेको र यसबाट नागरिकहरूको निःशुल्क बिमा परिदिनेसम्मका कार्यक्रमहरू अगाडी बढिरहेको बताउनुभयो । 

स्वास्थ्य बिमा बोर्ड रोल्पाका संयोजक सागर पौडेलले रोल्पामा स्वास्थ्य बिमा प्रभावकारी ढंगले अगाडी बढेको जानकारी गराउनुभयो । नागरिकहरूले बिमा दर्ता सहयोगीहरू नभेटिँदा भनेकै बेलामा स्वास्थ्य बिमा गर्न नसकिएको गुनासो गरेका थिए ।