सपना र महत्वकांक्ष’

सपना र महत्वकांक्ष’

‘मायासँग मनका कुरा’ बाँके, सुनसरी र मोरङ जिल्लाका विभिन्न एफएम स्टेसनहरू प्रतिबोध एफएम, कृष्णसार एफएम, थाहा संचार रेडियो, रेडियो इन्द्रसरोवर, रेडियो सरोवर, झुरझुरे एफएम, नमस्ते एफएम र विजयपुर एफएमबाट हरेक हप्ताको शनिवार बिहान ७ ः३० बजे प्रसारण हुँदै आइरहेको मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने युवा लक्षित विशेष कार्यक्रम हो । कार्यक्रमले वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गर्दै आइरहेको छ । 

कार्यक्रमको यो ४१ औँ भागले भने यदि हामीले हाम्रा सपना र महत्कांक्षाहरु पुरा गर्दै गर्दा हामीले राम्रो सोचविचार गरेनौँ भने हामी मानव बेचबिखन लगायतका अन्य विभिन्न किसिमको जोखिमहरूमा पर्न सक्छौ भन्ने विषयलाई उठान गर्दै हामीले आउन सक्ने सम्भावित वोखिमहरु न्यूनीकरणको उपायहरूलाई समावेश गर्ने कोसिस गरेकाछौं । 

माया र सबिनको रमाइलो प्रश्नोत्तरको भलाकुसारीसँगै सुरु भएको यो भागमा हामीले स्टोरी सेक्सनमा तिनै जिल्लाका युवा अनुभवलाई स्थान दिएकाछौं जसमा दुई जना साथी आफ्नो कक्षाकोठाको मनिटर हुनुहुन्छ भने एक जना साथी आफ्नै गाउँको स्थानीय क्लबको अध्यक्ष हुनुहुन्छ । उहाँहरूले आफू अध्यक्ष र मनिटर हुँदाको अनुभव र मानव बेचबिखनबारे आफ्नो बुझाइ हामीसँग शेयर गर्नु भएको छ । त्यसै गरी साथी दीक्षाको कथाको पहिलो भाग पनि प्रसारण गरिएको छ भने जनआवाज सेक्सनमा तपाई सबै भन्दा बढी माया कसलाई गर्नुहुन्छ र उहाँहरूको लागि तपाई के गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा तिनै जिल्लाका दुई-दुई जना साथीको विचारलाई पनि समावेश गरेकाछौं ।  यसरी सोमबार ४ बजेको लाइभसँगै कार्यक्रम मायासँग मनका कुराको ४१ औँ भाग सकिएको छ ।