शैक्षिक प्रणालीमा समस्या र सुधार्नु पर्ने पक्ष

शैक्षिक प्रणालीमा  समस्या र सुधार्नु पर्ने पक्ष

हालको शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै समय अनुसारको प्राविधिक शिक्षा आवश्यक देखिएको उनीहरूले छलफलमा बताए । यसका साथै विद्यालयको गुणस्तर सुधार गर्नका लागि शिक्षकलाई सेवा सुविधाका साथै प्रोत्साहन गर्नुपर्ने, अभिभावकले पनि बालबालिकाको शिक्षाका लागि ध्यान दिनुपर्ने, विद्यालयलाई राजनीतिबाट टाढा राख्नुपर्ने विषयमा मुख्य जोड दिए । यसका साथै सम्बद्धले नियमित अनुगमन गर्नुपर्नेमा समेत उनीहरूको जोड छ ।

नागरिक समाजका तर्फबाट कार्यक्रममा सहभागी हेमन्तराज काफ्लेले आफू भएको निजी विद्यालयका शिक्षकहरूलाई तालीम दिने दक्ष, शिक्षकहरू मार्फत पठन पाठन अगाडि बढाउने बताए । इन्टरनेस्नल शिक्षकहरूसँग चिनजान भएकाले हालको परिस्थितिमा मुजमार्फत आफ्ना विद्यालयका शिक्षकहरूलाई तालीम दिने बताए । यसका साथ अभिभावकहरूलाई पनि बालबालिकाको पढाई प्रति जिम्मेवार बनाउन काम गर्ने बताए ।

बाँकेमा खजुरा गाउँपालिकाले २०७६ सालमा ‘पञ्चवर्षीय गाउँ शिक्षा योजना’ निर्माण गरी सकेको छ । शिक्षा ऐन, कार्यविधि पनि निर्माण गरी सकेको अवस्थामा आफ्नो कार्यकालमा यसको कार्यान्वयन गर्ने शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको प्रतिबद्धता छ । उहाँले पालीका स्तरको शैक्षिक व्यवस्थापनको नेतृत्व लिने बताउनुभयो । आधारभूत शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन नेतृत्व गर्ने उनको भनाई छ । कक्षा ३ मै  दोहोरिने भएकाले पालीकामा हाल मुस्लिम समुदायको मदरसा शिक्षा चुनौतीका रूपमा रहेकोले मधेसी मुस्लिम बालीकालाई लक्षित गरी अर्को आर्थिक वर्षसम्म कन्या स्कुल स्थापनाको तयारीमा रहेको उनले बताए ।