विषय राज्यको सेवा सुविधामा पछाडि पारिएका तथा अति विपन्न बर्के पहुँच

विषय राज्यको सेवा सुविधामा पछाडि पारिएका तथा अति विपन्न  बर्के पहुँच

विषय राज्यको सेवा सुविधामा पछाडि पारिएका तथा अति विपन्न  बर्के पहुँच

यस अंकमा अतिथिहरू कपिलवस्तु बिजयनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराइ र बाँकेका अधिकारकर्मी तथा लेखक साहिदा शाह हुनुहुन्थ्यो ।

अतिथिहरू बाट पछाडि पारीएक वर्गसम्म सूचनाको पहुँचका लागी स्थानीय मातृ भाषाहरू पनि बोल्न जान्ने सूचना अधिकारी वडा स्तरमा पनि राख्नु पर्ने र सूचनाहरू पनि तीनै भाषाहरूमा प्रकाशित हुनुपर्ने, सञ्चारका माध्यमहरूबाट प्रसारण गरिनु पर्ने भनेर निचोड आएको  छ ।

अतिथि प्रमुख प्रशासकीय अधिकृत ज्युले यस्तो संरचना निर्माण गरेर सूचना प्रवाह गर्ने प्रतिबद्धता गरी सक्नु भएको छ। 

अधिकारकर्मी साहीदा शााहले  भाषा अनुवाद गरी प्रकाशित गर्न सहजीकरण र  पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

पछाडि पारिएक वर्गका सहभागिता बढाउन व्यापक जनसहभागिता बढाइ योजना छनौट बजेट विनियोजन गर्नुपर्ने योजना तर्जमाका चरणहरू पुरा गरेर मात्र कार्यान्वयन गर्नु पर्ने  निष्कर्ष निस्क्यो।

साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक वर्गका लागी पनि बजेट छुटाइनु पर्ने सुझाव आयो।सरकारी सेवालाई चुस्त दुस्त छिटो छरितो बनाउन प्रविधिमैत्री बनाउने कुरा प्रमुख प्रशासकीय अधिकृत ज्युले बताउनु भएको छ र अधिकारकर्मीले पनि आफ्नो भूमिका बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।