विपद् जोखिम व्यवस्थापनमा दीर्घकालीन समस्याहरू र समाधानको उपाय

विपद् जोखिम व्यवस्थापनमा दीर्घकालीन समस्याहरू र समाधानको उपाय

विपद् जोखिम व्यवस्थापनमा दीर्घकालीन समस्याहरू र समाधानको उपाय सम्बन्धमा 

 

 डिभिजन बन कार्यालय बाँकेका सहायक अधिकृत गणेश बहादुर खडका, नेपालगन्ज उपमहानगर भूमि व्यवस्थापन शाखाका प्रमुख मनराज थापा,  भौतिक पूर्वाधार शाखा तथा घर नक्सा शाखा नेपालगन्जका इन्जिनियर निवेश कुमार शर्मा, र नागरिक समाजका तर्फबाट भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार ।

भू-उपयोग योजना बनाएर कार्यान्वयन भए विपद् जोखिम न्यूनीकरण हुने तथा व्यवस्थित सहर निर्माण गर्न सकिने एकले स्थानीय तहले  अनिवार्य रूपमै बनाउनु पर्ने आवश्यकता रहेको निष्कर्ष निस्क्यो। 

नेपालगन्ज उपमहानगर पालिकाका भूमि व्यवस्थापन शाखाका मनराज थापाले छिटै नेपालगन्जमा यो ऐन बनाएर लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।यसै गरी जलवायु परिवर्तन घटाउन सबै क्षेत्रलाई समेटेर एकीकृत रूपमा मूल योजना बनाएर लागु हुनुपर्ने निष्कर्ष निस्केको छ ।

बन कार्यालयका सहायक बन अधिकृत गणेश खडकाले राप्तीसोनारीमा बनमा बसिरहेका बाढी स्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थायी रूपमा स्थानान्तरण गर्न पहल गर्नका  लागी समन्वय र सहकार्य गर्ने  प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

यस्तै नागरिक समाजका तर्फबाट बी ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले वन्यजन्तुबाट जोखिम कम गर्ने खालका सचेतना जगाउने,सरोकारवालालाई जिम्मेवार बनाउन वकालत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।