वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहको प्राथमिकता र समावेशीकरणको अभ्यास

वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहको प्राथमिकता र समावेशीकरणको अभ्यास

वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहको प्राथमिकता र समावेशीकरणको अभ्यास

साझाबोली रेडियो बहसको ३० औं भागमा हामीले वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहको प्राथमिकता र समावेशीकरणको अभ्यास विषयमा छलफल गरेका थियौ । छलफल हामीसँग बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा र नागरिक समाजबाट विसनदेव जोशी हुनुहुन्थ्यो । छलफलका क्रममा स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, नीति तथा कार्यक्रममा आमनागरिकको अपेक्षा र स्थानीय तहको प्राथमिकता र नीति तथा कार्यक्रम निर्माण गर्दा स्थानीय तहले ध्यान दिनुपर्ने कुरा  तथा  कार्यान्वयनको अवस्था र योजना तर्जुमा प्रक्रियामा समावेशीकरणको अभ्यास र पारदर्शिता,  सुशासनमा नगरप्रमुखका प्रतिबद्धताका विषयमा छलफल गर्‍यौ । 

स्थानीय तहहरूले वार्षिक नीति तथा कार्यक्रम बनाउँदा समस्याको पहिचान गरी त्यसको निराकरण तथा आमनागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्नेमा स्थानीयको जोड थियो । त्यसमा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले स्थानीय तह निर्वाचनले गर्दा छोटो समयमै योजना छनौटको काम गर्नुपर्ने अवस्था रहेको बताउँदै त्यसमा समावेशीकरण र पारदर्शितालाई भने विशेष जोड दिने प्रतिबद्धता व्यत्तः गर्नुभयो ।

यस्तै, नागरिक समाजबाट विसनदेव जोशीले नीति तथा कार्यक्रम बनाउँदा कतिपय स्थानीय तहहरूमा नीति र कार्यक्रममा मेल नखाने समस्यालाई औँल्याउनु भएको थियो । उहाँले योजना तर्जुमा गर्दा स्थानीय तहहरूले नीतिमा बोलेका कुराको आधारमा वार्षिक कार्यक्रम ल्याउन सके त्यसले विकास निर्माणसँगै सुशासन र पारदर्शितामा सहज हुने बताउनुभयो ।