मनसुन जन्य विपत्तिबाट हुन सक्ने घटना न्यूनिकरणका लागि पालिका तयारी अवस्थामा छः चाँगुनारायण नगरपालिका

मनसुन जन्य विपत्तिबाट हुन सक्ने घटना न्यूनिकरणका लागि पालिका तयारी अवस्थामा छः चाँगुनारायण नगरपालिका

मनसुन जन्य विपत्तिबाट हुन सक्ने घटना न्यूनिकरणका लागि पालिका तयारी अवस्थामा छः चाँगुनारायण नगरपालिका 

 यो वर्ष  पनि औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवातमै ठाउँ ठाउँमा पहिरो जाने, पुल भत्कने लगायतका समस्या देखिन थालिसकेका छन् ।   गएको वर्ष पनि बाढी पहिरो  लगायतका विपत्तिबाट ठुलो जनधनको नोक्सानी भएको थियो । गएको वर्ष र यसपालि मात्रै होइन ्, हरेक वर्ष मनसुनजन्य विपत्तिका कारण ठुलो जनधनको नोक्सानी हुने गरेको छ । तर सम्बन्धित निकायको यसतर्फ ध्यान भने जान सकेको छैन । 

मनसुनजन्य विपत्ति रोक्न सकिँदैन । तर  क्षति कम होस भनेर काम  गर्नका  लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका स्थानीय सरकारको हुन्छ । स्थानीय सरकारले चाहेको खण्डको मनसुनजन्य क्षति कम गर्न सकिन्छ ।  भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफूले मनसुन जन्य विपत्तिबाट कम भन्दा कम मात्रै नोक्सानी होस् भनेर जोखिम बस्तीको पहिचान लगायतका काम भइरहेको बताउँछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाई बताउनुहुन्छ । उहाँले आफ्नो पालिकामा ब्लक भएका नाली सफा गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पनि जनशक्ति परिचालन गरेर विपत् पुर्वतयारीको काम भइरहेको उहाँले बताउनुभयो । 

 धेरै पुर्वतयारी गरिएका र विकसित भनिएका अमेरिका लगायतका देशमा समेत विपत्तिका घटना हुने गरेका भन्दै सतर्कता र पुर्वतयारी गर्दा गर्दै पनि विपत्का घटना हुने भएकाले आफ्नो पालिकामा पनि त्यही अनुसारको  उद्धार र राहतको तयारीका लागि लागिरहेको उहाँले बताउनुभयो । 

यस्तै  प्रकोप विज्ञ डा रञ्जन कुमार दाहालले पालिकाहरूले पुर्वतयारी र विपद् पछिको उद्धार राहत लगायतका विषयमा ध्यान दिनु पर्ने आवश्यकता रहेको बताउँदै विज्ञको परामर्श आवश्यक परेमा  जुनसुकै अवस्थामा पनि  आवश्यकता सल्लाह  र सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।