मदरसा शिक्षाको आवश्यकता र पठनपाठनमा गुणस्तरीयता ल्याउन सुधार्नुपर्ने पक्षहरू

मदरसा शिक्षाको  आवश्यकता र पठनपाठनमा गुणस्तरीयता ल्याउन सुधार्नुपर्ने पक्षहरू

मदरसा शिक्षाको  आवश्यकता र पठनपाठनमा गुणस्तरीयता ल्याउन सुधार्नुपर्ने पक्षहरू

अरबी र उर्दु भाषा सिक्न चाहनेलाई तथा समुदायलाई सभ्य बनाउन मदरसा शिक्षाको महत्त्व र  आवश्यकता रहेको निष्कर्ष निस्केको छ।

मदरसा शिक्षालाई राष्ट्रिय र शिक्षामा मुलप्रवाहिकरण नीत सरकारले लिए पनि ऐन नियमावली बन्न नसकेकोले पठनपाठनमा कमी कमजोरी भएको निष्कर्ष निस्क्यो। 

अधिकारकर्मी शाहिदा शाह ज्यु ले यसको उच्च शिक्षाको व्यवस्थाको लागी पैरवी  गर्ने  पतिबद्धता गर्नु भएको छ ।

नेपालगन्ज उपमहानगरका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत र डुडुवागापाका शिक्षा शाखा प्रमुख ज्युले आवश्यकता अनुसार संस्थागत क्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

मदरसामा उर्दु भाषामा अन्य भारतको इतिहास पडाउँदै आएकामा  नेपाली इतिहास पढाउन सुरु गर्नु पर्ने र यसका लागी स्थानीय तहले आफ्नो तह बाट पनि १०० पुर्णाकंको पाठ्यक्रम विकास गर्न सक्ने र एकरूपताको लागी माथिल्लो निकायसम्म समन्वय गर्नु पर्ने निष्कर्ष निस्केको छ। 

यस्तै शिक्षकको आवश्यक तलबका लागी स्थानीय तहले पनि व्यवस्था गर्न सक्ने र सुझाव माथिल्लो तह सम्म पठाउने निष्कर्ष निस्क्यो। नेपालगन्ज उपमहानगरका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृतले यसका लागी बजेट छुटाएर व्यवस्थित गर्ने र डुडुवा शिक्षा शाखा प्रमुखले  व्यवस्थित बनाउन थप लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।