मतदाता शिक्षाका लागि लगानी छैन: मुख्य निर्वाचन अधिकृत पंगेनी

मतदाता शिक्षाका लागि लगानी छैन: मुख्य निर्वाचन अधिकृत पंगेनी

मतदाता शिक्षाका लागि लगानी छैन: मुख्य निर्वाचन अधिकृत पंगेनी 

रेडियो अमरगढी डडेलधुराले उत्पादन गर्दै आएको साझा बोली रेडियो बहस कार्यक्रमको तीसौँँ अङ्कमा डडेलधुरा जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिकृत हरीप्रसाद शर्मा उपाध्याय पंगेनी, पत्रकार महासङ्घ डडेलधुराका निवर्तमान अध्यक्ष मानबहादुर साउद, महिला अधिकारकर्मी पदमा गुरुङसँग निर्वाचन र निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाको भूमिकाको बारेमा ? भन्ने विषयमा छलफल भयो । 

कार्यक्रममा मतदाता शिक्षालाई व्यापक बनाउन नसकेको पत्रकार महासङ्घ डडेलधुराका निवर्तमान अध्यक्ष मानबहादुर साउदले बताए । मतदाता शिक्षालाई गाउँसम्मै लैजान समेको भए राम्रो हुने समेत उनको भनाई छ । 

यो शिक्षा सम्बन्धी मिडियाबाट आवाज उठाउँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी ढङ्गले अघि बढ्न नसकेको उनले बताए । साथै उनले निर्वाचनलाई निष्पक्ष र प्रभावकारी बनाउन समेत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकारीहरूलाई आग्रह गरे । 

कार्यक्रममै महिला अधिकारकर्मी पदमा गुरुङले निर्वाचनका बेला मतदाता शिक्षा अनिवार्य हुनु पर्ने भए पनि त्यो हुन नसकेको बताइन । गाउँ गाउँमा मतदाता शिक्षा दिन नसक्दा मत बदर हुने सम्भावना बढेको उनको भनाई छ । 

उनले राज्य स्तरबाट मतदाता शिक्षाहरू सञ्चालन नभए पनि समाजसेवीहरू तथा राजनीतिकर्मीहरूले मतदाता शिक्षाहरूलाई अघि बढाउनु पर्नेमा जोड दिइन । निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन हालिने मत बदर कम गर्नका लागि पनि यो शिक्षालाई बढाउनु पर्नेमा उनको जोड छ । 

यसैबिच कार्यक्रममै डडेलधुरा जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिकृत हरीप्रसाद शर्मा उपाध्याय पंगेनीले गत निर्वाचनको तुलनामा यसपालि मतादाता शिक्षालाई प्राथमिकतामा नराखेको बताए । मतदाता शिक्षाको लागि भनेर निर्वाचन कार्यालयहरूलाई कुनै व्यवस्था र लगानी नभएको उनले जानकारी दिए । 

निर्वाचनका बेला मतदान अधिकृत र सहायक अधिकृतहरू छन् उनीहरूसँग मतदाता शिक्षा केही मात्रामा बढाएको जानकारी पाएको समेत उनले बताए । विधिगत रूपमा यो शिक्षा बढाउने जानकारी नपाएको उनको भनाई छ । मतदाता शिक्षालाई बढाउनु पर्ने आवश्यकता महसुस भए पनि त्यो हुन नसकेको उनले जानकारी दिए ।