भर्खरै बितेको आर्थिक वर्ष को प्रगति समीक्षा तथा नयाँ आर्थिक वर्षमा सुधार्नु पर्ने पक्ष(असारे विकासको असर,सरोकारवालाको भूमिका अनि सुशासन र पारदर्शिता)

सङ्घीय सरकारबाट आर्थिक वर्षको अन्त्य तीर आउने बजेट अगाडी नै पठाउन का लागी यो विषयलाई  राष्ट्रिय बहसका रूपमा लैजानु पर्ने दुवै अतिथिबाट निचोड आयो ।

स्थानीय तहको बजेट बाट बन्ने योजनाहरूमा बर्दिया बढैया तालका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले  मङ्सिरबाट सम्पूर्ण योजनाहरू कार्यान्वयनमा लैजाने र वैशाख जेठ सम्म सकिसक्ने, श्रावण महिना भित्र गरिने कार्यक्रम, बजेटका बारेमा तुरुन्तै सार्वजनिक गर्ने र सार्वजनिक सुनुवाइ नियमित गर्ने  प्रतिबद्धता व्यक्त गर्नु भयो  । 

नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले असारे विकासको अन्त्य सुशासन र पारदर्शिताको लागी केही समय भित्रै सरोकारवाला सँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सुशासन र पारदर्शिताको नीति बनाइ लागु गर्नु पर्ने ,सरोकारवाला बिच कार्यविधि बनाइ उचित समन्वय र सहकार्य हुनुपर्ने निचोड आयो ।