बढ्दो सडक दुर्घटनाका कारणहरू, न्यूनीकरणका उपाय,भइरहेका प्रयास र अब खेल्नु पर्ने भूमिका

बढ्दो सडक दुर्घटनाका कारणहरू, न्यूनीकरणका उपाय,भइरहेका प्रयास र अब खेल्नु पर्ने भूमिका

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी ले  छाडा चौपाया बाट हुने दुर्घटना न्यूनीकरण गर्न जीर्ण भएका पशु चौपायालाई बहु उपयोगी बनाउने योजना ल्याउने र कान्जी हाउस बिस्तार गर्ने ।

कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर थापाले कान्जी हाउस बनाएर व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ यस्तै छाडा चौपाया व्यवस्था गर्न कानुनी नियम बनाउन लागी पर्ने निष्कर्ष निस्केको छ । 

यस्तै सवारी साधनको स्पिड नाप्ने राडरगन मेसिनका लागी आजका अतिथि कोहलपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत  र नेपालगन्जले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मापसे चेकका लागी  ट्राफिक जनशक्ति बढाउन दबाब मूलक माग गर्ने र ठाउँ ठाउँमा सीसीटीभि क्यामेरा जडान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यातायात व्यवस्थापन सम्बन्धी कानुनी विधि सङ्घीय सरकारबाट नआइसकेकाले समस्या भएक र अब छिटो ल्याइनु पर्रने निष्कर्ष निस्केको छ । ओभर लोड नबोक्न ट्राफिकले कडाइ गर्ने,र यातायात व्यवसायी सङ्घले जनचेतना बढाउने जनाउनु भएको छ ।नियम नमान्नेलाई सजायको व्यवस्था नै कमजोर भएकाले नीतिगत परिवर्तनका लागी वकालत गरिरहेको निचोड पनि आएको छ।

लामो दुरीमा दुइटा चालक राख्ने अनिवार्य लागु गरिनु पर्ने पर्ने र चालकको उमेर कम्तीमा २५ वर्ष नाघेको र शैक्षिक योग्यता कम्तीमा एसएलसी पास हुनु पर्ने  र उचित पारिश्रमिक हुनुपर्ने व्यवस्था गरिनु पर्ने ,टाइम फ्रेम राखिनु पर्ने निष्कर्ष आएको छ भने आजका अतिथिहरूले सचेतना बढाउने र माथ्लीले निकायसँग समन्वय गरी  दुर्घटना न्यूनीकरणका लागी  लागिपर्ने प्रतिबद्धता गर्नु भएको छ।