पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधिका योजना र नागरिक समाजको भूमिका

पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधिका योजना र नागरिक समाजको भूमिका

पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधिका योजना र नागरिक समाजको भूमिका

साझा बोली रेडियो बहसको यो भागमा आगामी पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधिका योजना र नागरिक समाजको भूमिका विषयमा  बहस गर्दै छौँ ।  स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि अहिले दोलखा, रामेछाप जिल्ला सहित नेपालका ७ सय ५३ स्थानीय तहमा दोस्रो कार्यकालको लागि  स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रह सँगै काम गर्न सुरु गरेका छन् । 

त्यस्तै,  स्थानीय तहमा आएका जनप्रतिनिधिहरुले नागरिकको समस्या, कसरी पहिचान गर्ने, नागरिकका समस्या समाधानको लागि जनप्रतिनिधिले कसरी काम गर्छन्  ? 

आगामी पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधिका योजना र नागरिक समाजको भूमिको विषयमा यस बहसमा छल

फल गर्‍यौँ । बहसका अतिथि तामाकोसी गाउँपालिका प्रमुख प्राण प्रताप केसी, नागरिक समाजका अगुवा केशब चौलागाई ।

साझा बोली रेडियो बहसको यस अङ्कमा निर्वाचित जनप्रतिनिधिका योजना,सुशासन कायम गर्न  जनप्रतिनिधिको भूमिकाको  विषयमा खरो कुराकानी गर्‍यौँ ।

स्थानीय तहमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधि सुनिश्चित भइसकेको हुनाले जनप्रतिनिधिले स्थानीय तहमा शासन गर्ने हैन, सुशासन र जबाफदेहिता कायम गर्दै र जनतालाई सम्मान गर्नुपर्ने। रन्युनतम श्रोत खर्च गरेर सही रुपमा काम गर्नु पर्ने  र जबाफदेही, पारदर्शिता, जनसहभागिता, निर्णय प्रक्रियामा नागरिक सहभागिता गराउने। नागरिक आधारभूत आवश्यकता पहिचान गरि नागरिकले जुन सुकै अवस्थामा जनप्रतिनिधिलाई आफ्ना कुरा राख्न सक्ने बनाउँदै, नागरिकको आवाजहरू दबिने हैन, जनबोलीका आधारमा नीति बनाउने,  जनताको आवश्यकतामा योजना निर्माण गर्ने,  विषयमा सहमत भयौँ ।  आजका हाम्रा अतिथि तामाकोसी गाउँपालिका प्रमुख प्राण प्रताप केसी, नागरिक समाजका अगुवा केशब चौलागाइ भएका नीति नियममा रहेर काम गर्ने  प्रतिबद्धता जनाउनु भयो  ।