स्थानीय सरकार सञ्चालनमा विकासलाई साझा दृष्टिकोणले अघि बढाउनु पर्छ: ओझा ।

स्थानीय सरकार सञ्चालनमा विकासलाई साझा दृष्टिकोणले अघि बढाउनु पर्छ: ओझा ।

स्थानीय सरकार सञ्चालनमा विकासलाई साझा दृष्टिकोणले अघि बढाउनु पर्छ: ओझा ।

रेडियो अमरगढी डडेलधुराले उत्पादन गर्दै आएको साझा बोली रेडियो बहस कार्यक्रमको एक तिसौँ अंका महिला अधिकारकर्मी सरस्वती खड्का र अमरगढी नगरपालिकाका निवर्तमान नगर प्रमुख बिशेश्वरप्रसाद ओझासँग स्थानीय सरकार सुशासन मैत्री कसरी बनाउन सकिन्छ ? भन्ने विषयमा छलफल भयो । 
 
तर अझै पनि स्थानीय सरकार सुशासन मैत्री हुन सकिरहेका छैनन् । स्थानीय तहमा सुशासनको पाटो खुम्चिएको स्थानीयहरूको गुनासो छ । विधि प्रक्रिया र नीति अनुसार काम स्थानीय तहमा हुनुपर्ने भएपनि ती कार्यहरू हुन नसक्दा स्थानीय तह सुशासन मैत्री हुन नसकेको नागरिकहरू बताउँछन् । 
 
निर्वाचनका बेला घोषणा पत्रमा उतारेका कुराहरू पुरा गरे स्थानीय सरकार सुशासन मैत्री हुने उनीहरूको भनाई छ । डडेलधुराको अमरगढी नगरपालिकाका निवर्तमान नगर प्रमुख बिशेश्वरप्रसाद ओझा स्थानीय सरकार सञ्चालनमा विकासलाई साझा दृष्टिकोणले अघि बढाउनु पर्ने बताउँछन् । 
 
कामको सिलसिलामा स्थानीय सरकार पारदर्शी र जबाफदेही बन्नुपर्ने तथा उत्तरदायी बन्नुपर्ने उनको भनाई छ । जनतालाई दिने सेवामा समेत सधैँ सकारात्मक ढङ्गले लाग्नु पर्ने उनी बताउँछन् । 
 
कार्यक्रममै नागरिक समाजको प्रतिनिधित्व गर्दै महिला अधिकारकर्मी सरस्वती खड्काले विगतका दिनहरूमा पनि थुप्रै अभ्यास गरेको र आगामी दिनहरूमा पनि केही थप गर्नुपर्ने बताइन । उनले स्थानीय सरकार सुशासन मैत्री बनाउन सामाजिक लेखा परीक्षण, समीक्षा, समुदायका कुराहरूलाई छलफलमा ल्याउन विशेष जोड दिनु पर्ने आवश्यकता औँल्याइन । 
 
सँगै बजेटको कुरालाई पनि स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताइन । सूचना दिने र लिने कुरामा पनि पारदर्शिता बन्नुपर्ने उनले बताइन ।