निर्वाचनको मतदाता शिक्षा

निर्वाचनको मतदाता शिक्षा

कार्यक्रमको अतिथिहरुः बाकेका मुख्य निर्बाचन अधिकृत खडानन्द तिवारी र प्रहरी नायब उपरीक्षक डी एस पी मधुसुदन न्यौपाने

निर्वाचनको मिति ढिलो तोकिएकोले छोटो समयमा मतदाता शिक्षा को कार्यक्रम राख्न नसकिएको अतिथिहरुले बताए । उम्मेदवारले भोट मात्र नमागी कसरी भोट हाल्ने भनेर मतदाता शिक्षा पनि  दिँदै जानु पर्ने निष्कर्ष  आयो । दलहरूले आफैले आचार संहिता उलङ्घन गर्न नहुने र गरेको थाह भएमा विपक्षी उम्मेदवार तथा स्वयं सर्वसाधारण नागरिकले पनि खबरदारी गर्नु पर्ने र सुरक्षाकर्मीलाई खबर गरी सहयोग गर्नु पर्ने निष्कर्ष आयो ।

शान्ति सुरक्षा कायम गरी नागरिक लाई ढुक्क सँग सुरक्षित भएर मत दीने वातावरण सीर्जना गर्ने डिएसपी मधुसुदन न्यौपाने ज्यु ले प्रतिबद्धता जनाउनु भयो।स्वच्छ रूपमा धाधली रहित निर्बाचन बनाउनका लागी निर्बाचन अधिकृत खडानन्द तिवारी र डीएस पी मधुसुदन न्यौपानेले निरन्तर अहोरात्र खटिएर लागी पर्ने प्रतिबद्धता जनाउनु भयो भने सबैलाई आ आफ्नो भूमिका निभाउन अपिल गर्नु भयो ।