नवनिर्वाचित जनप्रतिनिधिको योजना र प्रतिबद्धता

नवनिर्वाचित जनप्रतिनिधिको योजना र प्रतिबद्धता

नवनिर्वाचित जनप्रतिनिधिको योजना र प्रतिबद्धता 


बैशाख ३० गते स्थानीय निर्वाचन भएको । स्थानीय तह निर्वाचन पछिको दोस्रो निर्वाचन सकिएसँगै धेरै ठाउँको मतगणना भइसकेको छ । आगामी ५ वर्षका लागि गाउँठाउँमा रहेका सिंहदरबारको कुर्चीमा पुग्ने व्यक्तिको छनौट भइसकेको छ । जनताको सबै भन्दा नजिकको सरकारको रूपमा परिचित स्थानीय तहसँग नागरिकका धेरै आशा र अपेक्षा छन् । गरिबी, अशिक्षा, अभाव, बेरोजगारी को चरम पिडामा रहेका सर्वसाधरणहरु आफ्नो जीवन सरल सहज बनाउने अपेक्षा जनप्रतिनिधि चुन्न लामबद्ध भएका थिए । 
निर्वाचित जनप्रतिनिधिहरूले कृषि, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन लगायतका कुरालाई बढी जोड दिनु पर्ने कार्यक्रमका सहभागीहरूले सर्वसारधणले बताउनु भएको छ । यसको अलावा जनताको जीवनस्तर उकास्ने खालका योजनालाई जोड दिनु पर्ने उहाँहरूको जोड छ । 
यसैबिच कार्यक्रमका सहभागी गोरखाको भीमसेन थापा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकप्रसाद बञ्जाराले ग्रेज स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध र समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जनाउनु भएको छ । त्यसको लागि जनताको चासो र सरोकारवाला जोडिएका कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता कुरालाई प्राथमिकता दिने, विकास निर्माणका काममा सुशासन प्रवर्द्धन गर्ने लगाउनका काम गर्ने उहाँले बताउनु भएको छ । त्यसका लागि आवश्यक नीति बनाएर विज्ञहरूसँग छलफल गरी काम गर्ने उहाँको योजना छ । 
उता धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केदारनाथ खतिवडाले पहिले भएले भएका नीति नियमको पालना गर्दै आवश्यक परे बनाउने बताउनु भएको छ । उक्त गाउँपालिकाका जनताले बढी भन्दा बढी लाभ लिने खालका जनमुखी नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने उहाँको योजना छ ।