नजिकिँदै गरेका चाडपर्वका बिच उपभोक्ताको अधिकार

नजिकिँदै गरेका चाडपर्वका बिच उपभोक्ताको अधिकार

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल,नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिवका प्रमुख प्रवीण राना ,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नेत्र बोगटी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल बाहिद मन्सुरी ।

मनपरी मूल्य नियन्त्रण गर्न अनुगमन बढाउनुपर्ने,पसलहरूमा मूल्य सुची अनिवार्य देखिने ठाउँमा टाँस्नु पर्ने र केही उत्पादनहरूको मूल्य निर्धारण उद्योगीहरूले गर्ने भएकाले अब सरकारले नै छिटै तोकिदिनु पर्ने. निष्कर्ष निस्क्यो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरीक्षक नेत्र बोगटी ले खाद्य बस्तुको गुणस्तर चेक जाँचका लागी र वाणिज्य आर्पुती कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौड्याल ज्युले  म्याद गुज्रेका सामान बिक्री वितरण हुन नदिन अनुगमन अझै बढाउने प्रतिबद्धता जनाउनु भयो।

उपभोक्ता शिक्षाको लागी नागरिक समाजले जोड दिनु पर्ने तथा नेपालगन्ज उपमहानगरका उपभोक्ता संरक्षण समितिका सदस्य सचिव प्रवीण रानाले ,वाणिज्य आपूर्तिका प्रमुख कृष्ण पौड्यालले ,तथा खाद्य गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नेत्र बोगटीले  उपभोक्ता शिक्षा र सचेतना बढाउने कुरामा प्रतिबद्धता व्यक्त गर्न भयो यसै गरी उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष अब्दुल बाहिद मन्सुरीले व्यापारीलाई पनि शिक्षा र उचित निर्देशन दीने प्रतिबद्धता गर्नु भयो।