कृषि उपजमा विपद र न्यूनीकरणका उपाय

कृषि उपजमा विपद र न्यूनीकरणका उपाय

कार्यक्रमका अतिथि: लुम्बीनी प्रदेश कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख निर्देशक अमर  पुन जल तथा मौसम विज्ञान  क्षेत्रीय कार्यालय कोहल पुरका कार्यालय प्रमुख विनोद पराजुली,कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, रास्टीय कृषक महासङ्घ लुम्बिनी प्रदेश का अध्यक्ष सर्वजित बिस्ट,डुडुवा गाउँपालिका बाँकेका कृषि शाखा प्रमुख सुशील कुमार शर्मा ।

मौसम सम्बन्ध जानकारी ३ दीने र साप्ताहिक सूचना निस्किने गरेको र स्थानीय तहले किसान समक्ष पुर्याउनु पर्ने निष्कर्ष निस्क्यो  ।

कृषि ज्ञान  केन्द्र बाँकेका प्रमुख ले कृषि बुलेटिन, मोबाइलएप्स मौसम सम्बन्धी जानकारी कसरी पाउन सकिन्छ भनेर १ महिना भित्र संचरमाध्यम बाट सूचना ल्याउने प्रतिबद्धता गर्न‘ भयो। 

डुडुवाका कृषि शाखा प्रमुखले आफ्नो पालिकामा रहेका कृषक समूहका अध्यक्ष सम्म एसएम एसमार्फत जानकारी गराउने प्रतिबद्धता गर्न‘यो।

कृषक महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ज्युले कृषक समूहमार्फत अरू सदस्यहरुलाई सूचना दीन लगाउने प्रतिबद्धता गर्नु भयो ।

कृषि बिमामा कीसानको सहभागीता बढाउने जीम्मेवारी लीएका कम्पनीहरूले सहज वातावरण बनाउनु पर्ने र विभिन्न प्राकृतिक प्रकोपबाट जोगाउन रोग सहने,सुख्खापन सहने वा वर्षा सहने जातका बाली लगाउनु पर्ने वा प्राविधिकसँग समन्वय गरेर   विभिन्न प्रविधि अपनाउन सकिने पर्ने निष्कर्ष निस्केको छ ।

यसै गरी पुर्वतयारी गर्दै पनि क्षति भइहाले कहाँ कति क्षति भयो भनेर सही रूपमा पहिचान गर्ने संयन्त्र पहिले नै चुस्त दस्त बनाइनुपर्ने निष्कर्ष निस्केको छ ।