Local Radios

कोरोनाको तेस्रो लहर विरुद्धको व्यवस्थापन र पूर्वतयारी

पूर्वतयारी

अतिथिहरू- नेपालगंज उपमहानगरका उपप्रमुख उमा थापा मगर,  र नेपालगन्ज भेरी अस्पतालका नर्सिङ निर्देशक दुर्गालक्ष्मी श्रेष्ठ, नेपाल सशस्त्र प्रहरी बल नेपाल ३० नं गणका सशस्त्र प्रहरी उपरीक्षक अशोक बम
 
निष्कर्ष तथा प्रतिबद्धताः 
 
बाकेका सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले सीमा नाकाको भिडभाडलाई सामाजिक दुरी कायम गराउने,लक्षण देखिएका र नदेखीएकला छुट्टाछुट्टै लाइन बनाइ चेकीङ्ग गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता गर्नु भयो। 
अन्य खुला नाकाहरूको पनि निगरानी बढाउने,कडाइ गर्ने र सीमामा आवश्यक थप जनशक्तिका लागी माग गर्ने प्रतिबद्धता ब्यक्तिनु भयो भने यसमा नागरिक पनि सचेत र जिम्मेवार बन्नु पर्ने निष्कर्ष निस्क्यो।
नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापामगर ले हेल्थ डेस्कमा आवश्यक जनशक्ति थप गराउन पहल गर्ने र स सानो कुरा किन्न पनि भारत गएर सीमामा भिड गर्नेलाई नजान अनुरोध गर्ने सचेत गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो  र सीमा नाकामा राती १० बजेसम्मै हेल्थ डेस्क राख्ने र यसकालागि पहल गर्ने उपप्रमुख उमा थापा र सशस्त्र प्रहरी उपरीक्षक अशोक बम ज्युले प्रतिबद्धता गर्नु भयो।
यसै गरी भेरी अस्पतालका नर्सीङ्ग निर्देशक ज्युले अस्पतालले आवश्यक पुर्वतयारी गरीरहकेको जनाउँदै  अक्सिजन,बेड लगायत आवश्यक थप स्वास्थ्यकर्मी  व्यवस्थापन गर्ने रे ओमीक्रोन सुनिश्चित गर्न पूर्व परीक्षणका अर्थात् एसजीन परीक्षणका लागी आवश्यक कीट बेलैमा माग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
भारतबाट वा अन्य स्थानबाट फर्केकाहरू समुदायमा घुमी रहेको वा सेल्फ क्वारेनटाइन बसिरहेका छन् स्थानीय तहले फलोअपगरी रहेको र नागरिकले पनि थाहा पाए सम्म स्थानीय तहलाई जानकारी गराउने र अनावश्यक घुमफिर नगर्नु पर्ने निष्कर्ष निस्क्यो । 
-->